Thursday, April 7, 2022

सुरक्षित आप्रवासन परियोजनाका गतिविधिहरुको स्थलगत अनुगमन

  

लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत २४

    सामी/हेल्भेटासको प्राविधिक सहयोगमा बागमती सेवा समाज द्वारा सर्लाहीको मलंगवा नगरपालिकामा संचालित  सुरक्षित आप्रवासन परियोजना अन्तर्गतका गतिविधिहरुको बिहिवार स्थलगत अनुगमन गरिएको छ।

    नेपाल सरकार र स्विस सरकार बिच भएको द्विपक्षीय सम्झौता अनुसार श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयको नितिगत पहल तथा प्रदेश सरकारको समन्वयमा स्थानीय सरकारहरु मलंगवा ,हरिवन,बरहथवा नगरपालिका र चन्द्रनगर गाउँपालिकाको नेतृत्वमा सामी हेल्भेटासको प्राविधिक सहयोगमा बागमती सेवा समाज द्वारा संचालित गतिविधिहरुको स्थलगत अनुगमन गरिएको हो।

  अनुगमन गर्दा  संचालित  गतिविधिहरु संतोषजनक ,प्रभावकारी रहेको अनुगमन टोलीले निष्कर्ष निकालेका छन्। 

   बिहिवार बिहान भएको अनुगमनमा मलंगवा नपा का मेयर निरसल साह, उपमेयर शान्ति मिकरानी,प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,वडा न-४ का वडाध्यक्ष प्रमोद राय,राजकुमार अधिकारी,संतोषी थापा लगायतको उपस्थिति रहेको थियो।


    

    

No comments:

Post a Comment