Wednesday, April 6, 2022

लोसपामा महेश पासवान प्रदेश सदस्यमा नियुक्त




लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत २३

    लोकतान्त्रीक समाजवादी पार्टी नेपाल (लोसपा) को मधेस प्रदेश सदस्यमा युवा नेता महेश पासवान चयन भएका छन् ।

    लोसपा प्रदेश समितिले पासवानको कार्य कुशलताको कदर गर्दै उनलाई पार्टीको प्रदेश समितिमा चयन गरेको हो। 

   लोसपा मधेस प्रदेश अध्यक्ष जितेन्द्र सोनलले पासवान लगायत ९३ जनालाई प्रदेस सदस्यमा मनोनित गरेका हुन् ।

  सर्लाही जिल्ला निवासी पासवान समय समयमा  समाजसेवाका कामहरु पनि गर्दै आएका छन् ।विद्यार्थी जिबनबाट राजनीतिक यात्रा शुरु गरेका पासवान दलित समुदायको हक अधिकारका लागि आवाज उठाउँदै आएका कारण  सर्लाही  जिल्लामा ख्यातिप्राप्त युवा नेता हुन् ।


No comments:

Post a Comment