Saturday, April 16, 2022

सर्लाहीमै पहिलो पटक आयोजना गरिएको जेसिआइ फैशन रनवे 2022 को उपाधि अर्पित अमन र स्वेक्षा सोनीले जिते

 



मनोज यादव

सर्लाही,बैशाख ३

    मधेश प्रदेश अन्तर्गत सर्लाहीको सदरमुकाम मलंगवामा पहिलोपटक आयोजना भएको जेसिआइ फैशन रनवे 2022 सम्पन्न भएको छ ।मलंगवा जुनियर जेसिजको आयोजनामा लक्ष्मी महन्त रामऔतार फैसन प्रतियोगिताको फाइनल सम्पन्न भएको छ ।

       १४ देखि १६ वर्ष उमेरका किशोर किशोरीहरुमा रहेको अन्तरनिहित प्रतिभालाई उजागर गर्न प्रतियोगिताको आयोजना गरिएको प्रमुख अतिथि मलंगवा जेसिजका भुपु अध्यक्ष एवं जेसिज सिनेटर नागेन्द्र प्रसाद यादवले बताए ।उनले किशोर किशोरीहरुमा लुकेर रहेका प्रतिभाहरुलाई उजागर गर्नु साथै समाजमा फैसनको छुट्टै पहिचान दिलाउनु प्रतियोगिताको मुख्य उदेश्य रहेको  बताए ।

     ९ जना किशोर तथा ५ जना किशोरीहरुले भाग लिएको  जेसिआइ रनवे 2022 को ग्रान्ड फिनाले(फाइनल)को उपाधि पुरुषतर्फ अर्पित अमन र महिलातर्फ स्वेक्षा सोनीले जितेका छन् भने मोहम्मद रजा र स्नेहा कुशवाहा दोस्रो तथा दानिस मिकरानी र नानू कुमारी साह तेस्रो हुन सफल भएका छन् । बाँकी रहेका मोडलहरु पनि विभिन्न उपाधिहरु जित्न सफल भएका छन् ।

    गत चैत्र १६ गते सम्पन्न भएको  प्रतियोगिताको अडिसन राउन्डमा छनोट भएकाहरुलाई कोरियोग्राफर मोहम्मद असलम मिकरानीले ड्रेस अप सेन्स,डिसिप्लिन फोटोशूट,र्याम्प वाक ,क्याट वाक,फेस स्प्रेसन लगायतका बारेमा प्रशिक्षण दिइएर फाइनल राउन्डको लागि तयार पारेका थिए।

    आयोजक संस्था मलंगवा जुनियर जेसिज 2022 का अध्यक्ष आयुष कुमार सिंहले सर्लाहीमा पहिलोपटक आयोजना भएको यो प्रतियोगिता  सफतापुर्वक सम्पन्न भएकोमा खुसी व्यक्त गरेका थिए। 

    अगामी दिनमा पनि यहाँ रहेका प्रतिभालाई थप प्रष्टफुटित गर्न यस्ता खाले प्रतियोगिताहरुको आयोजना गर्दै जाने मलंगवा जेसिज 2022 का उपध्यक्ष समीर मिकरानीले बताए ।

     मलंगवा जेसिजका भुतपुर्व अध्यक्ष सुवोधहरि राजोपाध्यायले संचालन गरेको कार्यक्रममा  प्रतियोगि मोडेलहरुको जजमेन्ट  बेस्ट फेसन मोडल अफ काठमाडौ कुशुम रसाइली र मिस्टर बिरगंज २०१६ को उपाधि विजेता अमन सहनीले गरेका थिए।

       
    
  

No comments:

Post a Comment