Monday, April 11, 2022

टाइफाइड रोग खोप अभियानबारे गोडैता र कौडेनाले गरे संचारकर्मीसँग अन्तरक्रिया

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत २८

    सर्लाही जिल्लाका गोडैता नगरपालिका र कौडेना गाउँपालिकाले सोमबार  टाइफाइड रोग बिरुद्धको खोप अभियान बारे जिल्लामा क्रियाशिल पत्रकारहरुसँग अन्तरक्रिया गरेको छ ।

    कार्यक्रममा टाइफाइड खोप अभियान तथा  नियमित खोपमा टाइफाइड खोपको सुरुवात साथै खोप सुदृढीकरण र सरसफाई प्रबर्द्धनको लागि  पत्रकारहरुसँग अन्तरक्रिया गरिएको हो ।टाइफइड खोप अभियानबारे जानकारी गराउँने, सामुदायीक पहुँचमा बृद्धि गर्ने र पालिका अन्तर्गत स्वास्थ्य शाखाले दिदै आएको विभिन्न सेवाहरुबारे जानकारी दिने उद्धेश्यका साथ उक्त कार्यक्रम आयोजना गरिएको गोडैता नगरपालिका स्वास्थ्य शाखाका संयोजन प्रमोद पंडितले जानकारी दिए। उनले टाइफाइड रोग, यस बिरुद्धको खोप अभियान, विश्व तथा नेपालमा खोप र टाइफाइडको अवस्था, महत्व तथा आवश्यकताबारे समेत कार्यक्रम मार्फत जानकारी गराएका थिए।

   ती दुबै पालिकाले १५ महिनादेखि १५ बर्ष मूनिका बालबालिकालाई लक्षित गरि बैशाख ४ गतेदेखि  ९ गतेसम्म खोप अभियान सञ्चालन गरिने जनाएका छन्।

    गोडैता नपा मा मेयर देवेन्द्र कुमार यादवको प्रमुख आतिथ्यता र कौडेना गापामा प्रमुख प्रशासकीय अधिकृत शम्भु प्रशाद यादवको अध्यक्षतामा कार्यक्रम को आयोजना गरिएको थियो।

No comments:

Post a Comment