Wednesday, April 27, 2022

सर्लाहीमा ६ हजार १ सय १ जनाको जनाको उम्मेदवारी पर्यो,पत्रकार राम गोविन्द यादव पनि वडाअध्यक्षको उमेदवार

 

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १४

    बैशाख ३० गते हुन गइरहेको स्थानीय तह निर्वाचनका लागि सर्लाही जिल्लामा स्वतन्त्रसहित ६ हजार १ सय १ जनाले विभिन्न पदमा मनोनयन दर्ता गराएका छन् । ९ नगरपालिका र ११ गाउँपालिका रहेको सर्लाहीमा नगर प्रमुख तथा गाउँपालिका अध्यक्षमा ३ सय २८ जना, उपप्रमुख तथा गापा उपाध्यक्षमा १ सय ७२ जनाको उम्मेदवारी परेको छ । त्यस्तै वडा अध्यक्षमा १४ सय ८४ जना, सदस्यमा २ हजार ९० जना, महिला सदस्यमा १ हजार ३६ जना र दलित महिला सदस्यमा ९ सय ९१ जनाको।उमेदवारी परेको जिल्ला निर्वाचन कार्यालय सर्लाहीका जिल्ला निर्वाचन अधिकृत दिवाकर भुजेलले जानकारी दिएको छ।

  जिल्ला  निर्वाचन अधिकृत भुजेलका अनुसार आइतबार र सोमबार गरी जिल्लाका क्रियाशील दलका नेता तथा स्वतन्त्र उम्मेदवारहरुले जिल्ला स्थित २० वटा पालिकामा रहेका निर्वाचन अधिकृतको कार्यालयमा मनोनयन दर्ता गराएका हुन् ।

    अन्य जिल्लाहरुमा जस्तै सर्लाहीमा पनि पत्रकार चुनावी मैदानमा उत्रिएका छन्।पत्रकार राम गोविन्द राय यादव कबिलासी नगरपालिका वडा न-६ बाट वडाअध्यक्ष पदको लागि मनोनयन दर्ता गराएको छ।

1 comment:

  1. लु, अब यही सुन्नु बाँकी थियो ???

    ReplyDelete