Friday, April 22, 2022

आप्रवासी कामदार हकहित संरक्षण केन्द्र सर्लाहीका पदाधिकारीहरुको दुईदिने क्षमता अभिवृद्धि तालिम मलंगवामा सम्पन्न

 



लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख ९

   सर्लाहीको २० वटै स्थानीय तहका आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका पदाधिकारीहरुको लागि  संचालित दुईदिने क्षमता अभिवृद्धि कार्यक्रम शुक्रवार सम्पन्न भएको छ।

   उक्त कार्यक्रम  बागमती सेवा समाज नेपाल सर्लाही द्वारा संचालित शुरक्षित आप्रवासन परियोजनाको आयोजनामा बिहिबारदेखि  सुरु भएको थियो ।जिल्लाका २० वटा स्थानीय तहबाट आप्रवासी कामदार हकहित संरक्षण केन्द्रका ५० जना पदाधिकारीहरुको सहभागीतामा संचालन भएको उक्त कार्यक्रममा परियोजनाले सुरक्षित आप्रवासनका लागि कानुनी सहायता, तालिम, क्षमता अभिवृद्धि, सूचना, वित्तीय साक्षरता, मनोसामाजिक परामर्शलगायतका क्षेत्रमा काम गर्ने तरिकाको बारेमा जानकारी गराउनुका साथै आप्रवासी कामदारहरुको परिवारलाई सुरक्षित, मर्यादित र उपलब्धिमुलक बनाउने विषयमा तालिम दिइएको सामीका कार्यक्रम संयोजक संतोषी थापा सुवेदीले  बताउनुभयो ।

    तालिमको दोस्रो दिन केन्द्रको ८ औं साधारणसभाको समेत आयोजना गरिएको छ।उक्त सभा मार्फत कबिलासी नगरपालिका दिनेश कुमार यादव अध्यक्ष रहने गरि आप्रवासी कामदार हकहित संरक्षण केन्द्रको २५ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ।

   केन्द्रका अध्यक्ष रामनाथ साहको अध्यक्षता तथा मलंगवा नपाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदीको प्रमुख आतिथ्यता मलंगवा नपा-८ स्थित महेन्द्र होटलमा सम्पन्न भएको कार्यक्रममा हेल्भेटास मधेश प्रदेशका प्र.संयोजक बिजय ठाकुर,कार्यक्रम अधिकृत  शिवचरण रौनियार लगायत २० वटा स्थानीय तहका पदाधिकारीहरुको उपस्थिति रहेको थियो।

   

No comments:

Post a Comment