Monday, April 25, 2022

मलंगवा स्थित निर्वाचन कार्यालयमा एउटै पार्टी,एउटै वडा र एउटै पदमा दुइजना ब्यक्ति पार्टीको टिकट बोकेर उमेदवारी दिन आएपछि दुवै उमेदवार अलमलमा

लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १२

     आसन्न स्थानीय तहको निर्वाचनको लागि आज(सोमबार)सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला समन्वय समितिमा रहेको निर्वाचन कार्यालयमा भइरहेको मनोनयन पत्र दर्ताको समयमा एउटै पार्टीबाट एउटै वडाको वडाध्यक्ष पदको लागि दुइजना उमेदवार पार्टीको टिकट लिएर मनोनयन पत्र दर्ता गराउन पुगेका छन् ।

   सोमबार दिउँसो मलंगवा नगरपालिका वडा न-३ बाट वडाअध्यक्ष पदको लागि मो.एजाजुल हक मिकरानी नेपाल कम्युनिस्ट पार्टी(माओवादी केन्द्र)ले चुनाव लड्न भनि दिएको पार्टीको टिकट बोकेर मनोनयपत्र दर्ता स्थलमा पुगेर आफ्नो उमेदवारी दर्ता  गराइरहेकै बेला अचानक सोही पार्टीको टिकट लिएर वडा न-३ कै वडाअध्यक्ष पदमा आफ्नो उमेदवारी दिनको लागि अर्का एक ब्यक्ति पनि आइपुगे पछि दुवैजना उमेदवार अलमलमा परेका थिए ।दुवै उमेदवार उक्त पदमा उमेदवारी दिनको लागि दावेदारी दिन थालेपछि माहोल केही तातिएको थियो।










     मो.एजाजुल हक मिकरानीका अनुसार पार्टीले आफुलाई एकदिन अगाडीनै टिकट दिएर पठाएको थियो।  पार्टीले आफुलाई टिकट दिएर पठाएपनि पुनः सोही वडा र पदमा अर्को ब्यक्तिलाई पनि टिकट दिइ पठाएर आर्थिक चलखेल गरेको आरोप लगाएका छन् ।     नेकपा(माओवादी केन्द्र)को लागि तन, मन र धनले योगदान दिएपछि अन्तिम समयमा आएर आफुले पाइसकेको टिकट फिर्ता नलिइकनै पैसा खाएर अर्कै एक नयाँ  ब्यक्तिलाई पनि टिकट दिएर पार्टीले एक असल र इमानदार कार्यकर्तासँग गद्दारी गरेको आरोप लगाएका छन् ।


No comments:

Post a Comment