Thursday, April 14, 2022

आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले सर्लाहीका तीनवटा संचार गृहले सर्लाही जिल्लामै सबैभन्दा ठुलो नाढीमन तालमा एकैसाथ वार्षिकोत्सव मनाए

 

  



लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख १

       मधेश प्रदेश अन्तर्गत सर्लाही जिल्लाको सदरमुकाम मलंगवाबाट प्रशारण हुने रेडियो मलंगवा ९५.६ मेघाहर्ज तथा  निगरानी टुडे र सर्लाही अपडेट दैनिक पत्रिकाले आज(बिहिवार)एकैसाथ सामुहिक रुपमा वार्षिकोत्सब मनाएका छन् ।

    आन्तरिक पर्यटनलाई प्रवर्द्धन गर्ने उदेश्यले जिल्लाको चन्द्रनगर गाउँपालिका स्थित रहेको जिल्लाकै सबैभन्दा ठुलो एवं पुरानो नाढीमन ताल नजिक नयाँ वर्ष २०७९ सालको उपलक्ष्यमा तीनवटै संचार गृहले संयुक्तरूपमा  आयोजना गरेको शुभकामना आदानप्रदान तथा बनभोज कार्याक्रमको अवसर पारेर एकैसाथ आआफ्नो वार्षिकोत्सब मनाएका हुन्।  रेडियो मलंगवा ९५.६ मेघाहर्जले पाँचौ तथा निगरानी टुडे र सर्लाही अपडेट दैनिक पत्रिकाले चौथो वार्षिक मनाएका छन् ।

    सर्लाही जिल्ला भरीका एफएम रेडियो तथा पत्रिकाका संचालक, प्रकाशक,सम्पादक तथा  सम्बाददाताहरुको उपस्थिति रहेको उक्त कार्यक्रमको प्रमुख अतिथि मधेश प्रदेश सांसद उपेन्द्र महतो,रेडियो मलंगवाका संचालक सरोज यादव, निगरानी टुडेका प्रकाशक राकेश गुप्ता र सर्लाही अपडेटका प्रकाशक एवं सम्पादक बन्दना झाले एकैसाथ केक काटेर उद्घाटन गरेका थिए।

    रिपोर्टस क्लब नेपाल मधेश प्रदेश अध्यक्ष एवं राष्ट्रिय लोकतन्त्र दैनिकका प्रबन्ध निर्देशक बख्तियार अलीले संचालन गरेको कार्यक्रममा पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंक क्षेत्री सहित विभिन्न संघ संगठनमा आबद्ध पत्रकारहरु, सर्लाही जिल्लाबाट प्रकाशन हुने पत्रपत्रिका तथा प्रशारण हुने  एफएम रेडियोमा कार्यरत संचारकर्मीहरु लगायत जिल्लाबाट विभिन्न राष्ट्रिय एलेक्ट्रिक मिडिया तथा पत्रिकामा आबद्ध पत्रकारहरुको उपस्थिति रहेको थियो।

     

No comments:

Post a Comment