Thursday, April 7, 2022

किशोरी सशक्तीकरणका लागि शिक्षा कार्यक्रम ,जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक सम्पन्न

 


लोकतन्त्र समाचारदाता---

सर्लाही,चैत २४

     भिएसओ,प्रेरण र  एचआइ को साझेदारीमा संचालित किशोरी सशक्तीकरणका लागि  शिक्षा कार्यक्रम अन्तर्गत जिल्ला स्तरीय सल्लाहकार समितिको बैठक मलंगवामा सम्पन्न भएको छ। सिकाई आदानप्रदान कार्यक्रम सोमबार सर्लाहीको सदरमुकाम  मलंगवामा  सम्पन्न भएको छ।

  बिहीबार मलंगवा स्थित महेन्द्र  होटलमा सम्पन्न भएको कार्यक्रममा किशोरी सशक्तीकरणका लागि संचालित  शिक्षा कार्यक्रमको विषयमा अन्तरक्रिया तथा छलफल  गरिएको थियो ।

    कार्यक्रममा कौडेना गाउँपालिकाका गापा अध्यक्ष राम प्रसाद यादव,प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम ,मलंगवा नगरपालिकाका उपमेयर शान्ती मिकरानी,कौडेना गापा शिक्षा शाखा संयोजक राक किशोर यादव,कौडेना गापाका उपाध्यक्ष सुनिता देवी चौधरी,कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख कमलदेव प्रसाद कुशवाहा लगायत विभिन्न कार्यालय तथा संघसंस्थाका प्रतिनिधिहरुको उपस्थिति रहेको आयोजक संस्थाले जनाएको छ।

  

No comments:

Post a Comment