Saturday, April 16, 2022

स्थानीय सरकार भ्रष्टाचार मुक्त हुनुपर्ने नेता त्रिपाठीको उद्घोष

  

लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख ३

     जनता प्रगतिशील पार्टीका राष्ट्रिय अध्यक्ष हृदयेश त्रिपाठीले स्थानीय सरकार भ्रष्टाचार मुक्त हुनुपर्ने उद्घोष गर्नु भएको छ।पार्टीका सर्लाही जिल्ला अध्यक्ष ज्ञानेन्द्र यादवको अध्यक्षतामा आज(शनिवार)सर्लाहीको सदरमुकाम मलंगवामा आयोजित पत्रकार सम्मेलनमा  उहाँले यस्तो उद्घोष गर्नुभएको हो।

    जिल्ला समन्वय समितिको सभाहलमा भएको  सम्मेलनमा ५ दलको गठबन्धनको विषयमा पत्रकारहरुले गरेको प्रश्नको जवाफ दिंदै ५ दलको गठबन्धनलाई उहाँले खिचडीको संज्ञा दिनुभएको छ।उहाँले खिचडी भनको बिरामीहरुले खाने एक प्रकारको परिकार हो ,स्वस्थ ब्यक्तिले खिचडी खाँदैन ।५ दलको गठबन्धन पनि खिचडी जस्तै हो भन्दै उहाँले उपहास गर्नुभयो ।

    नेता त्रिपाठीले  नेताहरुले नेपालको अर्थतन्त्र संकटमा रहेको भन्ने कुरा जनताहरुलाई भ्रमित बनाउनको लागि मात्र  बताउँदै आएको दाबी गर्नुभयो।जबकी नेपालको अर्थतन्त्र माथि कुनै प्रकारको संकट नआएको उहाँले पत्रकारहरुलाई बताउनुभयो ।

   अगाडी थप्दै उहाँले संघीय  लोकतान्त्रिक गणतन्त्रको रक्षाको लागि जनता प्रगतिशील पार्टी एकमात्र विकल्प रहेकोले आउने समयमा यस पार्टीलाई सबै जातजाति र वर्ग समुदायले मतदान गर्ने छन् भनेर पत्रकारहरुको अगाडी विश्वास व्यक्त गर्नुभयो ।

     

No comments:

Post a Comment