Tuesday, April 19, 2022

मलंगवामा निर्वाचन आचार संहिता २०७८ सम्बन्धि राजनीतिक दल र संचारकर्मी बिच अन्तरक्रिया सम्पन्न

 



लोकतन्त्र समाचारदाता-----

सर्लाही,बैशाख ६

     सर्लाहीमा निर्वाचन आचार संहिता सम्बन्धि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको छ । जिल्ला निर्वाचन कार्यालय सर्लाहीको आयोजनामा मंगलबार सदरमुकाम मलंगवामा  बैशाख ३० गते हुन लागेको स्थानीय तहको निर्वाचनलाई लक्षित गरि सरोकारवालाहरु संग अन्तरक्रिया कार्यक्रम गरिएको हो ।

     नेपाल सरकारले निर्वाचनको मिति घोषणा गरिसकेका सन्दर्भमा निर्वाचन आउन मात्र २३ दिन बाँकी रहेका बेला उक्त विषयमा छलफल गरिएको हो । धाँदलीरहित र स्वच्छ ढंगले निर्वाचन सम्पन्न गराउने उद्देश्यले निर्वाचन कार्यान्वयन तथा निर्वाचन आचारसंहिता सम्बन्धी अन्तरक्रिया कार्यक्रम गरिएको जिल्ला निर्वाचन कार्यालय प्रमुख दिवाकर भुजेलले बताउनु भयो ।कार्यक्रममा उहाँले निर्वाचन सम्बन्धि आचार संहिता प्रस्तुत गर्नुभएको थियो।

   प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रममा जिल्ला अदालत सर्लाहीका न्यायाधीश  धुर्व कमार पिया प्रमुख अतिथि रहनु भएको थियो ।

    जिल्ला समन्वय समितिको सभाहलमा सम्पन्न भएको कार्यक्रममा जिल्लाका विभिन्न पालिकाका निर्वाचन अधिकृतहरु , जिल्ला स्थित सुरक्षा निकायका प्रमुखहरु , राजनीतिक दल तथा संचारकर्मीहरुको सहभागिता रहेको थियो ।

No comments:

Post a Comment