Saturday, April 30, 2022

नगर प्रमुख(मेयर) पदका उमेदवारहरु सँग मलंगवाका जनताले गरे खुल्ला सवाल जवाफ

 

मनोज यादव---

सर्लाही,बैशाख १७

    'हामी आफ्नो मलंगवा आफै बनाउँछौ,त्यसका लागि आफ्नो मतदान सही उमेदवारलाई गर्छौ ' भन्ने नाराका साथ सर्लाहीको सदरमुकाम मलंगवामा नगर प्रमुख(मेयर)पदमा उमेदवारी दिएका उमेदवार र स्थानीय जनताहरु बिच सवाल जवाफ कार्यक्रम गरिएको छ।

   मलंगवा जेसिजले 'ककस' नाम दिएर आयोजना गरेको कार्यक्रममा आसन्न बैशाख ३० गतेको स्थानिय निर्वाचनमा मेयर पदका लागि  उमेदवार बनेका विभिन्न पार्टीका तथा स्वतन्त्र उमेदवारहरु चुनावमा जितेपछि मलंगवा नगरपालिकालाई विकासको नयाँ आयाम तथा नगरबासीहरुको चाहनालाई कसरी पूरा गर्नु हुन्छ भन्ने खुल्ला रुपमा सवाल जवाफ गरिएको छ।

   कार्यक्रममा जनताबाट उठेका प्रश्नहरुको सबै नेताहरुले एउटै खाले जवाफ दिएका थिए।उनीहरु जनताले आफुलाई जिताएको खण्डमा सडक,नाला,ढल निर्माण,शिक्षा र स्वास्थ्यको स्तर सुधार,रोजगारीको श्रृजना,स्वच्छ, सफा, सुन्दर नगरको परिकल्पना हुलाकी सडकको समस्या समाधान लगायतका विषयमा जनताहरुलाई आश्वासन दिएका थिए।

   कार्यक्रमको आयोजना मलंगवाको वडा न-३ र ८ को बिचमा रहेको नगरपालिकाको कार्यालय अगाडी मेन चौकमा गरिएको थियो।

No comments:

Post a Comment