Saturday, April 30, 2022

रौतहटको कटहरियामा नगरपालिका का ५ जनाले उमेदवारी फिर्ता लिए

 


लोकतन्त्र समाचारदाता---

रौतहट,बैशाख १७

    आसन्न स्थानीय तहको निर्वाचनका लागि गते बैशाख ११ र १२ गते निर्वाचन कार्यालय कटहरियामा मनोनयन दर्ता गराएका मध्ये ५ जनाले आफ्नो उमेदवारी फिर्ता लिएका छ्न्।

    रौतहट जिल्लाको कटहरिया नगरपालिकामा विभिन्न पदका ५ लागि मनोनयन दिएका ५ जना उमेदवारले आआफ्नो उमेदवारी फिर्ता लिएका हुन ।उमेदवारी फिर्ता लिने अन्तिम दिन शुक्रबार कटहरिया नपा- ९ का स्वतन्त्र उमेदवार दिलिप कुमार,वडा-६ का लोसपाका सदस्य उमाकान्त सहनी,वडा-२ का समाजवादीका महिला सदस्य परमशिला देवि,वडा-३ का लोसपाका महिला सदस्य रहमदिन र वडा न-८ का जनमत पार्टीका सदस्यका उमेदवार होसनारायण माल्लीले उमेदवारी फिर्ता लिएको निर्वाचन कार्यालय कटहरियाका प्रमुख चन्द्र प्रसाद लुइँटेलले जानकारी दिएको छ।

   कटहरिया नगरपालिकामा अगामी ३० गते हुने निर्वाचनका लागि मेयर ,उपमेयर,वडा अध्यक्ष र सदस्यमा पार्टी तथा  स्वतन्त्रका गरि अझ ३१६ जना उमेदवारहरु रहेकोे निर्वाचन कार्यालयले जनाएको छ

No comments:

Post a Comment