Saturday, April 16, 2022

मधेशको विकासमा एमालेको विकल्प नरहेको पुर्व प्रधानमन्त्री एवं नेकपा एमाले राष्ट्रिय अध्यक्ष ओलीको दाबी

 




लोकतन्त्र समाचारदाता ---

सर्लाही ,बैशाख ३

    पुर्व प्रधानमन्त्री तथा नेकपा एमालेका राष्ट्रिय अध्यक्ष केपी शर्मा ओलीले मधेश प्रदेशको विकासमा नेकपा एमालेले महत्त्वपूर्ण भूमिका खेलेकोले यस पार्टी बाहेक अरु कुनै विकल्प नरहेको दाबी गर्नुभएको छ।

     मधेश प्रदेशमा जति पनी राष्ट्रिय गौरवका आयोजनाहरु छन् ति सबै आयोजनाहरु  नेकपा एमालेकै सरकारमा निर्णय भएको उहाँले बताउनुभयो । नेकपा एमाले सर्लाहीले आज(शनिवार)सर्लाहीको सदरमुकाम मलंगवामा आयोजना गरेको पार्टी प्रवेश एवं वृहद् आमसभालाई सम्बोधन गर्दै राष्ट्रिय अध्यक्ष  ओलीले  नेकपा एमालेले मात्र मधेश प्रदेशको विकास चाहे त्यो हुलाकी राजमार्ग होस वा जयनगर– जनकपुर रेल सेवा पुन सञ्चालन गर्न नेकपा एमालेको महत्वपुर्ण भुमिका रहेको  बताउनु भयो ।

    मलंगवा नगरपालिका  वडा न-२ स्थित कवर्ड हलको खेल मैदानमा आयोजना भएको विशाल आमसभालाई पुर्व मन्त्री प्रभु शाह, नेकपा एमालेका मधेश प्रदेश अध्यक्ष रघुविर महासेठ ,एमाले उपाध्यक्ष रामबहादुर थापा बादल लगायतका नेताहरुले पनि सम्बोधन गरेका थिए। 

     दिउँसो हेलिकप्टर मार्फत मलंगवा आइपुग्नु भएका पुर्व प्रधानमन्त्री ओलीको सुरक्षार्थ ५०० जना स्वयंसेवक दस्ताहरु खटाइएका थिए। 

    सोही आमसभामा जसपाका नेता एवं  कबिलासी नगरपालिकाका मेयर कौशल यादव सहित सयौंको संख्यामा मानिसहरु विभिन्न पार्टी परित्याग गरि सामुहिक रुपमा एमालेमा प्रवेश गरेका थिए। सोही अवसरमा नेकपा एमाले सर्लाहीका जिल्ला अध्यक्ष राजनारायण साहले  राष्ट्रिय अध्यक्ष  ओलीलाई १ सय ५ किलोको फूलको माला लगाएर स्वागत तथा अभिनन्दन गरेका थिए ।  

   केन्द्रीय अध्यक्ष ओलीले लामो समयपछि सर्लाहीमा उपस्थित भई सम्बोधन गर्ने आमसभा तथा पार्टी प्रवेश कार्यक्रममा जिल्लाभरबाट हजारौको सख्यामा पार्टीका नेता तथा कार्यकर्ताहरुको  उपस्थिती रहेको थियो ।

No comments:

Post a Comment