Tuesday, April 12, 2022

मोटर जडान गर्ने क्रममा करेन्ट लागेर मलंगवामा एक युवकको मृत्यु

 




लोकतन्त्र समाचारदाता----

सर्लाही,चैत २९

      सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगरपालिकामा  करेन्ट लागेर एक युवकको मृत्यु भएको छ ।

   मलंगवा नपा वडा न-१० निवासी स्थानीय रघुनाथ हाेटलका संचालक रघुनाथ साह कानुका ३२ वर्षिय छाेरा अवधेश कुमार साहकाे करेन्ट लागेर मृत्यु भएको हो ।

    स्थानीय बासीलाई उद्रित गर्दै प्रहरीले दिएको जानकारी अनुसार अवधेशको मंगलबार दिउँसो आफ्नै घरको खानेपानी कलमा जडान गरिएको मोटरबाट करेन्ट लागेर मृत्यु भएको हो।













No comments:

Post a Comment