Friday, April 29, 2022

लागूऔषध सहित चारजना पक्राउ

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख १६

    सर्लाहीकाे छुट्टाछुट्टै ठाउँबाट लागूऔषध गाँजा र काेडीवेल कफसिरफ सहित चारजनालाई प्रहरीले पक्राउ गरेको छ।

   विशेष सुचनाको आधारमा बिहिवार बिहान १० बजे ईलाका प्रहरी कार्यालय हजरियाबाट खटिएकाे प्रहरी गस्ती  टोलीले बरहथवा नगरपालिका वडा न-२, हजरिया बजार निवासी ६० वर्षीय जयलाल महतोलाई १ किलाे ७०० ग्राम गाँजा सहित नियन्त्रणमा लिएको हाे । महताे घरको खानतलासी गर्दा घरकाे कोठा भित्र लुकाई छिपाई राखेको अवस्थामा उक्त परिमाणको गाँजा बरामद भएकाे जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएकाे छ।

   त्यसैगरि सोही दिन  दिउँसाे १ बजे सदरमुकाम मलंगवाबाट नवलपुर तर्फ जाँदै गरेको बा.५४ प ७९९४ नम्बरकाे मोटरसाईकललाई राेकी चेकजाँच गर्दा माेटरसाईकल चालक मलंगवा नगरपालिका-१२ गम्हरिया निवासी ३२ वर्षीय राम बिनय रायको साथबाट लागूऔषधकाे रुपमा प्रयाेग हुने १०० एमएल दरका १८६ बोतल काेडीवेल कफसिरफकाे बाेतल बरामद् भएकाे प्रहरीले जनाएकाे छ । सँगै रहेकाे BR 30 C 5499 नम्बरको भारतीय माेटरसाईकलमा सवार मलंगवा नगरपालिका वडा न-११ गम्हरिया निवासी ३१ वर्षीय जुमराति बैठा र २५ वर्षीय भुनेश्वर साहलाई समेत प्रहरीले नियन्त्रणमा लिएकाे छ ।

  पक्राउ परेका चारैजनालाई हिरासतमा राखेर लागूऔषध नियन्त्रण ऐन अन्तर्गत अनुसन्धान अगाडि बढाईएकाे जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता प्रहरी नायब उपरीक्षक माधव प्रसाद बुढाथोकीले जानकारी दिए ।

No comments:

Post a Comment