Sunday, April 24, 2022

हामी माथि विभेद भयाे : राधा मौसी

 video पनि हेर्नुस्📹️📺️



मनोज यादव----                                               सर्लाही,बैशाख ११ गते।                                                           आफुहरुको समुदायलाई समाजले मात्र नभइ राज्यले समेत हेपेको तेस्रो लिंगी अगुवा महेन्द्र साह तेली उर्फ 'राधा मौसी'ले गुनासो गरेको छ । उनले आसन्न स्थानीय तहको निर्वाचनको मुखमै उमेदवार बन्ने समयमा आएर आफु बस्दै आएको पालिकाको भोटर लिस्टबाट सुनुयोजित तरिकाले नाम हटाएर अन्यत्र सारेको आरोप लगाएका छन् ।  

    'राधा मौसी'को नामले चिनिदै आएका महेन्द्र साह तेली मलंगवा नगरपालिका वडा न-९ का स्थायी बासिन्दा हुनुहुन्छ ।उहाँ बिगत २४ वर्षदेखि मनपा-९ मा बस्दै आइरहनुभएको छ।  उहाँले मतदाता नामावलीको २०७७ पुसको अन्तिम नामावलीमा सर्लाही जिल्लाको मलंगवा नगरपालिका वडा न-९ मा कायम रहेको  र आफुले ठाउँसारी गर्ने निवेदन पनि जिल्ला निर्वाचन कार्यालयमा नदिएको आवस्थामा मेरो मतदाता नामावलीको नाम जिल्लाकै हरिपुर्वा नगरपालिका वडा न-६ मा सरेको हुँदा आसन्न बैशाख ३० गतेको चुनावमा स्थायी बासिन्दा हुँदाहुँदै पनि मलंगवा नपाबाट उमेदवारि दिनबाट बन्चित भएको गुनासो गर्नुभएको छ।   


    उहाँले आफ्नो नाम के कति कारणले स्थायी त के ? अस्थायी बसोबास समेत नरहेको हरिपुर्वा नपाको वडा न-६ मा सरेको हो अथवा सुनुयोजित तरिकाले कुनै विरोधी तत्वले सार्न लगाएको हो सोको अनुसंधान गरि दोषी उपर कार्यवाहीको लागि माग गर्दै सर्लाहीका प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतमलाई आजै(आइतवार) ज्ञापनपत्र बुझाउने बताउनुभयो ।

    मतदाता नामावलीको ठेगाना फरक परेको सम्बन्धमा अनुसंधान गरिदिन भन्दै  उहाँले जिल्ला निर्वाचन कार्यालय सर्लाहीका प्रमुखलाई पनि निवेदन दिइसकेको बताए।

             उहाँ यसअघि मलंगवा नगरपालिकाको उपप्रमुख र प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र न-२ मा स्वतन्त्रबाट  उमेदवार भइसक्नु भएको छ।

No comments:

Post a Comment