Sunday, April 17, 2022

मलंगवाको दुई छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा २ जनाको मृत्यु

 



लोकतन्त्र समाचारदाता---

सर्लाही,बैशाख ४

     सर्लाहीको सदरमुकाम मलंगवाको  दुई छुट्टाछुट्टै ठाउँमा भएको सडक दुर्घटनामा परि  दुईजनाको मृत्यु भएको छ ।मृत्यु हुनेमा कबिलासी नगरपालिका वडा न-५ निवासी ६८ वर्षीय अच्छेलाल राय यादव र कबिलासी नपा कै वडा न-९ निवासी ५८ वर्षिय शंकर राय रहेकोे प्रहरीले जनाएको छ।

     जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रहरी प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीका अनुसार शनिबार साँझ सवा ५ बजे मलंगवा नपा वडा न-१० जिविस चौक स्थित सोही ठाउँ बस्ने  राममोहन पंडितको छोरा १४ वर्षीय जित कुमार पंडितले चलाएको साईकलको ठक्करबाट घाइते भएको बाटो क्रस गर्दै गरेको पैदल यात्री अच्छेलाललाई राय यादवको मलंगवा स्थित जय श्री ओम हेल्थ केयर  अस्पतालमा उपचारको क्रममा मृत्यु भएको छ।

   पैदल यात्री अच्छेलाललाई ठक्कर दिने साइकल र साईकल चालक पंडितलाई नियन्त्रणमा लिएर अनुसन्धान प्रकृया अगाडी बढाईएको डिएसपी  बुढाथोकीले जनाएको छ।

    त्यसैगरी आइतवार साँझ सवा १२ बजे मलंगवा नपा वडा न-१२ गम्हरिया स्थित नवलपुर-मलंगवा भित्री सडक खण्डमा नवलपुरबाट मलंगवातर्फ आउँदै गरेको BR 06 PF 1074 नम्बरको मिनी बसले विपरीत दिशातर्फ बाट आउँदै गरेको साइकल यात्री कबिलासी नपा वडा न-९ बस्ने ५८ वर्षिय शंकर रायलाई ठक्कर दिएको छ।ठक्करबाट गम्भीर घाइते भएको शंकरलाई उपचारको लागि प्रादेशिक अस्पताल मलंगवामा पुर्याउँदा डाक्टरले मृत घोषणा गरेको प्रहरी प्रवक्ता एवं डिएसपी बुढाथोकीले जानकारी दिए।

    दुर्घटना पश्चात् बसका चालक फरार भएको छ भने बस जिप्रका मलंगवाको नियन्त्रणमा रहेको छ।

No comments:

Post a Comment