Wednesday, April 13, 2022

मधेशका गाउँ गाउँमा फ्रि च्यानल अर्थात भारतीय डिटिएचको प्रयोगकर्ता ६० प्रतिशत भन्दा बढी

 


मनोज यादव---

सर्लाही,चैत ३०

  पछिल्लो समय  सर्लाही जिल्ला लगायत मधेश प्रदेशका जिल्लाहरुका गाउँ गाउँमा फ्रि च्यानल अर्थात  भारतीय डिटिएचको प्रयोगकर्ता बढ्दै गएको छ।जसले गर्दा नेपाली च्यानल हेर्ने दर्शकहरुको संख्या ४० प्रतिशत भन्दा पनि कम रहेका छन् ।

  सर्लाहीमा केही वर्ष अगाडी भारतीय डिटिएच प्रविधिको प्रयोगमा रोक लगाउन नेपाली डिसहोमसँग साटेर भारतीय डिटिएच प्रविधि विस्थापित गर्ने काम सुरु भएको थियो ।यसका लागिनेपाली डिसहोमले अभियान समेत चलाएको थियो ।तर पनि  भारतीय डिटिएच प्रयोगकर्तामा कुनै  कमि आएको देखिएन।

    नेपाली च्यानल र भारतीय पे च्यानलहरु हेर्न सर्लाहीमा डिस होम, मेरो ले सेवा दिदै आएका छन्।ती दुवै कम्पनीको पहुँच  शहर बजार तथा सुगम ठाउँमा मात्र रहेको छ।पहुँच नपुगेका जिल्लाका भित्री तथा दुर्गम ठाउँमा भारतीय डिटिएच अर्थात फ्रि च्यानलले एकछत्र अधिकार जमाएका छन्।

   सस्तोमा पाउने र रिचार्ज गर्नु नपर्ने भएकाले मधेश प्रदेश अन्तर्गत नेपाल-भारत  सीमावर्ती जिल्लाका गाउँघरमा भारतीय डिटिएचको प्रयोगकर्ताको संख्या बढी रहेको मलंगवाका एक डिस होम बिक्रेताले बताए । नेपाल सरकारलाई कर तिर्नु नपर्ने भएकाले पनि भारतीय डिटिएच प्रति नेपाली ग्राहकको ध्यान तानिएको उनको भनाई छ ।

नेपालमा भारतीय डिसहोमको बिक्री बितरणमा रोग लगाइएको छ।तर पनि खुल्ला सीमानाको फाइदा उठाउँदै ब्यापारी तथा प्रयोगकर्ताहरु लुकिछिपी  भारतीय बजारबाट भारतीय डिटिएच ल्याउने गरेका छन् ।

No comments:

Post a Comment