Monday, April 11, 2022

महिला शिक्षिकालाई सेनेटेरी प्याड निर्माण तालिम प्रदान

 

राधेश्याम कुशवाहा...

सर्लाही ,चैत २८

  सर्लाहीको गोडैता नगरपालिकाका ९ वटा सामुदायिक विद्यालयका महिला शिक्षिकालाई पुन प्रयोग गर्न मिल्ने सेनेटेरी प्याड निर्माण सम्बन्धि ३ दिने तालिम दिईएको छ । 

सेभ द चिल्ड्रेनको आर्थिक सहयोग तथा राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रको आयोजनामा गेडैता नगरपालिका वार्ड न. ६ बगदह फतेपुर स्थित श्री रामजानकी आधारभूत विद्यालयको सभा कक्षमा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम दिईएको हो ।                     गौडेता नगरपालिकामा संचालित समुन्नति कार्यक्रम अन्तर्गत विद्यालय स्वास्थ्य पोषण कार्यक्रममा महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम, विद्यालयमा अध्ययनरत छात्राहरुको प्रजनन, महिनावारी स्वास्थ्य तथा महिनावारी स्वच्छता व्यवस्थापनलाई सहयोग पुयाउने उदेश्यले महिला शिक्षिकालाई ३ दिने महिनावारी सरसफाई व्यवस्थापन सम्बन्धि तालिम दिईएको संस्थाको अध्यक्ष गायत्री देवीले बताईन । 

   स्थानिय स्तरमा सेनेटरी प्याड प्रयोग सम्बन्धि प्रयोगमा चेतनको अभाव र आर्थिक भारका कारण समेत विपन्न परिवारका महिला तथा किशोरीहरु महिनावारीको समयमा फोहोर कपडाको प्रयोग गर्न बाध्य रहेका छन । यो तालिम प्राप्त शिक्षिकाहरु आआफनो विद्यालयका किशोरीहरुका लागि सेकेटरी प्याड निर्माण तथा प्रजनन स्वास्थ सम्बन्धि शिक्षा दिने छन । यसबाट गरिब तथा विपन्न परिवारका किशोरी प्रत्यक्ष लाभान्वित हुने छ,  किशोरीले विद्यालयमा सिकेका सिप घरमा प्रयोग गर्दा स्थानिय महिलाहरु समेत अनुुसरण गर्ने उनको भनाई थियो । 

तालिममा पुन प्रयोग गर्न मिल्ने स्यानिटरी प्याड निमार्ण गर्ने तरीका तथा विद्यालय खानेपानी सरसफाई तथा स्वच्छता सम्बन्धि विषयहरु तालिमबाट सिकेको सहभागि शिक्षिका पूजा कर्णले बताईन ।

तालिममा सिकेका सिपबाट विद्यालयमा अध्ययनरत किशोरीका लागि पुन प्रयोग गर्न सकिने सेनेटेरी प्याड निर्माण गरिने र प्रयोग कसरी गर्ने समेत सिकाउने बताईन ।         तालिममा नगरभरीका माध्यमिक तथा निम्न माध्यामिक तहका प्रत्येक विद्यालयका १ जना महिला शिक्षिकाको उपस्थिति रहेको थियो । कार्यक्रमको उद्घाटन राष्ट्रिय रोजगार प्रवद्र्घन केन्द्रको अध्यक्ष श्री गायत्री देवि महतोले गरेकी थिईन, भने तालिमको सहजिकरण तालिम सहजकर्ता शुसिल कार्किले गरेका थिए । कार्यक्रममा सेभ द चिल्ड्रेन मलंगवाका परमानन्द मण्डल र कान्ति खडकाको पनि उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment