Thursday, April 28, 2022

CDWN ले सर्लाही र काभ्रे जिल्लामा विधमान हानिकारक सामाजिक मान्यताहरु परिवर्तन गर्न परियोजना संचालन गर्ने

 

---परियोजनाको बिहीबार बर्दिबासमा शुभारम्भ गरियो---

मनोज यादव---

सर्लाही,बैशाख १५

    युएन ओमनको आर्थिक सहयोग तथा सपोर्ट नेपालसँगको सहकार्यमा दलित महिला केन्द्र नेपाल(CDWN)ले कथाकथन र सामाजिक परिचालनको माध्यमबाट-आघातबाट सशक्तीकरण प्रबर्द्धन र हानिकारक सामाजिक मान्यताहरु परिवर्तन गर्ने उदेश्यले संचालन गर्न गइरहेको परियोजनाको आज(बिहीबार)महोत्तरीको बर्दिबासमा शुभारम्भ गरेको छ।

   काभ्रेको बनेपा नगरपालिका, महाभारत गाउँपालिका र  सर्लाहीको मलंगवा ,हरिपुर्वा, बरहथवा नगरपालिका तथा ब्रह्मपुरी गाउँपालिकामा संचालन हुने यस परियोजनाको मलंगवा नपाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी, बरहथवा नपाका मदन थापा र हरिपुर्वा नपाका प्र.प्र.अधिकृत मित्रलाल ढकालले पानसमा बत्ती बालेर एकैसाथ परियोजना सम्बन्धित बैनरको अनावरण गरि संयुक्तरूपमा उद्घाटन गरेका थिए।

   कार्यक्रममा उपस्थित  परियोजना संचालन हुने पालिकाका प्र.प्र.अधिकृतहरु, सम्बन्धित पालिका अन्तर्गतका वडाका वडा सचिवहरु,कर्मचारीहरु तथा पत्रकारहरुलाई कार्यक्रम अधिकृत अमृता लामाले परियोजनाको बारेमा जानकारी गराएका थिए।लक्षित समूह तथा समुदायलाई राहत वितरण,सिपमुलक तालिम लगायतका कार्यक्रमहरु गर्ने तय भएको उनले जानकारी दिए।तर अहिले स्थानीय तहको निर्वाचनका कारण चारैतिर चुनावी माहोल छाएकोले चुनाव सम्पन्न भएपछि लगत्तै परियोजना संचालन गर्ने कार्यक्रम अधिकृत लामाल बताए ।

   बनेपा नपा वडा न-४ का सचिव सरिता श्रेष्ठ,वडा न-१० का सुवास रंजित,वडा न-१३ का सोकुल डंगोल,महाभारत गापा वडा न-४,५ र ६ का सचिव तथा मलंगवा नपाका कार्यक्रम अधिकृत राजकुमार अधिकारी, ब्रह्मपुरी गापा आयुर्वेद शाखाका प्रमुख  कविराज संजय यादव,ब्रह्मपुरी गापा वडा न-५ का सचिव चुन्नुलाल कर्ण,वडा न-६ का सियाशरण ठाकुर,सर्लाहीका पत्रकार मनोज यादव,महोत्तरीका पत्रकार धनविर महतोका साथै  आयोजक संस्थाका कार्यकारी निर्देशक तेजेन्द्र लामा,कार्यक्रम संयोजक विमला बिक र एभा श्रेष्ठ लगायतको उपस्थिति रहेको  उक्त कार्यक्रम बर्दिबास स्थित गौतम होटलमा सम्पन्न भएको हो।

No comments:

Post a Comment