सर्लाहीमा लागुऔषध मुद्दाका फरार प्रतिवादी पक्राउ
लोकतन्त्र समाचारदाता---
सर्लाही,बैशाख ५
सर्लाही प्रहरीले लागुुऔषध मुुद्दाका एकजना फरार प्रतिवादीलाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा हरिवन नगरपालिका वडा न-११ बस्ने शेष ताहिरको छोरा नजरे आलम रहेको छ।
आलमलाई इलाका प्रहरी कार्यालय हरिवनबाट खटिएको प्रहरी टोलीले आइतवार बिहान साढे ९ बजेको समयमा हरिवन-११ स्थित बजारबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवं डिएसपी माधव प्रसाद बुढाथोकीले जानकारी दिए।
लागुुऔषधसम्बन्धी मुद्दामा जिल्ला अदालत सर्लाहीले उनलाई १ महिना २२ दिन कैद र ५००० रुपैया जरिवानाको फैसला सुुनाएको थियो ।आलमलाई पक्राउ गरेर नियमअनुसार कैद र जरिवाना असुल उपर गराउनको लागि जिल्ला अदालत सर्लाही (मलंगवा ) मा बुझाएको प्रवक्ता बुढाथोकीले जनाएको छ।
No comments:
Post a Comment