Sunday, April 10, 2022

टाइफाइड खोपबारे कविलासी नगरपालिकाले गर्याे अन्तरक्रिया

 

लोकतन्त्र समाचारदाता-----

सर्लाही २७ चैत्र । 

   टाइफाइडविरुद्धको खोप अभियान बारे कविलासी नगरपालिकाले पनि अाईत संचारकर्मीहरु सँग अन्तरक्रिया गरेको छ । नगरपालिकाले बैशाख  ४  गते देखि ९ गते सम्म पालिकाको १० वटै वडाका विद्यालय तथा स्वास्थ्य संस्थाहरुबाट १५ महिनादेखि १५ वर्षसम्मका बाल बालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने कार्यक्रम तय रहेको गाउपालिका स्वास्थ्य शाखाका संयोजक संजय झाले जानकारी दिए ।  उनका अनुसार कविलासी नगरपालिका  भित्र १६ हजार ८  सय ६८ जना बालबालिकालाई टाइफाइड विरुद्धको खोप लगाउने लक्ष्य रहेको संयाेजक झाले बताउनु भयाे  । बैशाख ४  गते देखि ९ गते सम्म नगरभित्रका सामुदायिक र निजी विद्यालयहरुमै पालैपालो खोप केन्द्र संचालन गरेर खोप लगाईने स्वास्थ्य शाखा संयोजक झाले जानकारी दिए ।  यसअघि कोरोना भाईरस संक्रमण विरुद्दका अभियान एवं खोप अभियान सफल पार्नका लागि संचारकर्मीहरुले अत्यन्त सकारात्मक सहयोग गरेको उल्लेख गर्दै टाइफाइड विरुद्दको खोप अभियान समेत सफल पार्नका लागि संचारकर्मीहरुले महत्वपूर्ण भूमिका निर्वाह गर्ने अपेक्षा रहेको कार्यक्रमलाई सम्बोधन गर्दै स्वास्थ संयाेजक झा ले बताए । जिल्लाभर चैत २५ गतेबाट टाइफाइड विरुद्दको खोप अभियान संचालन हुँदैछ । मंगलबार जिल्ला स्थित विभिन्न पालिकाले खोप अभियानबारे अन्तर्क्रिरया गरेका छन् । जिल्ला स्वास्थ्य कार्यालय मलंगवाले पनि गत चैत १६ गते बुधबार जिल्लाभरका संचारकर्मीहरु सँग टाइफाइडविरुद्दको खोप अभियानबारे अन्तरक्रिया गरेको थियो ।

No comments:

Post a Comment