Tuesday, April 26, 2022

सरकारी तलब सुविधा नलिइ जनताको सेवामा समर्पित हुने मलंगवा नपा-७ मुसैलीबाट वडा अध्यक्षका उमेदवार अमिन्द्र यादवको प्रतिबद्धता


मनोज यादव---

सर्लाही,बैशाख १३

    आफु विजयी भएको खण्डमा सरकारबाट प्राप्त हुने तलब लगायत अन्य आर्थिक सुविधाहरु नलिइ मात्र  जनताको सेवामा लाग्ने सर्लाहीको मलंगवा नगरपालिका वडा न-७ मुसैलीका  वडाअध्यक्ष पदका उमेदवार अमिन्द्र यादवले प्रतिबद्धता ब्यक्त गर्नुभएको छ।

    अमिन्द्र यादव मुसैली गाउँ मलंगवा नगरपालिकामा गाभिनु भन्दा अगाडीदेखि नै समाजिक काममा सदैव लाग्दै आएको एउटा चर्चित र ठुलो नाम हो।उहाँको घरका सबै सदस्यहरु कुनै न कुनै रुपमा सामाजिक काममा लागेका छन् ।उहाँको परिवारका सदस्यहरु मुसैली गाउँको विभिन्न समस्याहरुको विषयमा आवाज उठाउँदै आइरहेको स्थानीयबासिन्दाहरु बताएका छन् ।

    बैशाख ३० गते हुन गइरहेको  स्थानीय तह निर्वाचनमा यादवले मलंगवा नगरपालिका वडा न-७ मुसैलीको वडाअध्यक्ष पदमा नेपाली काँग्रेस बाट उम्मेदवारी दर्ता गराउनु भएको छ । यादवको उम्मेदवारी दर्ता गर्ने क्रममा स्थानीयबासी तथा शुभचिन्तकहरुको ठुलो र उत्साहित भीड देखिएको थियो।

   यादवले आफुमा रहेको  समाजसेवा गर्ने चाहना र जनताहरुको अनुरोधमा उम्मेदवारी दिएको बताउनुभयो ।

    उहाँले वर्तमान राजनीतिको निराशा र अस्थिरतालाई चिर्न, खहरे बिकास नभई दीर्घकालीन बिकासका योजना अघि सार्न, जनतामुखी बिकास र कार्यक्रमको जग बसाउन मलंगवा नपा वडा न-७ मुसैलीको  वडाअध्यक्ष पदको उमेदवार बनेको  कुरा बताउनु भयो। 

    यादवले आफु जितेको खण्डमा

भौतिक पूर्वाधार, शिक्षा,रोजगार,स्वास्थ,विद्युत, कृषि आपूर्ति तथा आधुनिकरण,माहिला सशक्तिकरण,यूवा तथा खेलकुद सशक्तिकरण,टाउन प्लानिंग, ग्रीन सिटी, नमूना सिटी, गरीब तथा असहाय परिवारलाई सशक्तिकरण र भुमिहिन परिवारलाई भूमि व्यवस्था, सेन्ट्रल पुस्तकालय, सांस्कृतिक सम्पदा माथि दिगो विकास र निर्माण,साना उद्यमी सशक्तिकरण, ट्राफिक, खानेपानी तथा फोहर व्यवस्थापन, सुरक्षाको लागि वडाभरी, सिसी टिभी जडान, एनजीओ तथा (अन्तर्राष्ट्रिय) आइएनजीओ लाई बोलाउने, हरेक वर्ष मलंगवा महोत्सव आयोजना गरी यहाँको स्थानीय उत्पादनलाई प्रोत्साहान गर्ने, फ्री वाई फाई लगायतका कामहरु गर्ने बताउनुभयो । यस्ता थुप्रै विवेकसील विकासका बुँदाहरु माथी गृहकार्य भइरहरेको उहाँले जानकारी गराउनुभयो।

 वडाको स्वास्थ्य, कृषि,शिक्षा र सडकको अवस्थामा सुधार ल्याउने साथै सामाजिक सुरक्षा भत्ता घर घरमा पुर्याउने, गरिब परिवारका जेहेन्दार बिद्यार्थीहरुलाई छात्रवृति दिने,स्वास्थ्य चौकीको अवस्थामा सुधार ल्याइ स्वास्थ्य सेवा निशुल्क गर्ने, रोजगारीका अवसरहर सिर्जना गर्ने, नयाँ कृषि सडक निर्माण गर्ने,जनता आवासको व्यवस्था गर्ने र खेलकुदमा युवाहरुलाई प्रोत्साहन गर्ने जस्ता योजनाहरु ल्याउने समेत तादवले प्रतिबद्धता गर्नुभएको छ। 

   गएको ५ वर्षमा एउटा नगरपालिका अन्तर्गतको वडामा हुनुपर्ने कामहरु यस वडा(मुसैली)मा नभएकाले यहाँका जनताहरु आक्रोश फैलिएको छ। जनताले  विश्वास गरेर यदी मलाई जिताउँछ भने म जनताको विश्वासलाई टुट्न दिनेछैन।मलाई पैसाको लोभ छैन । आफु जन्मेको,हुर्केको ठाउँको विकास भएको र यहाँका जनताहरु सुखले बसेको हेर्न चाहन्छु।मैले गरेको राम्रो  कामबाट मेरो परिवरको शिर सधै ठाडो रहेको हेर्न चाहेकोले यसपटकको चुनावमा आफुलाई जिताएर हेर्न भन्दै यादवले जनता सँग अनुरोध गर्नुभएको छ।

   

No comments:

Post a Comment