Monday, April 18, 2022

५० बोरा युरिया मलसहित एक लाख भन्दा बढीको अवैध सामान बरामद

 

लोकतन्त्र समाचारदाता----

सर्लाही,बैशाख ५

    सर्लाही  प्रहरीले १ लाख १५ हजार ५०० रुपैया  मूल्यबराबरको अवैध सामान बरामद गरेको छ । 

     इलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरी टोलीले आइतवार साँझ साढे ४ बजेको समयमा  पुर्व पश्चिम लोकमार्ग अन्तर्गत लालबन्दी नगरपालिका वडा न-६ स्थित पुर्वबाट सिन्धुली जिल्लाको मरिनतर्फ जाँदै गरेको  ना ४ ख १०८६ नम्बरको यात्रुवाहक बसलाई रोकेर चेक जाँच गर्दा उक्त बस भित्रबाट ५० किलोको युरिया मलको बोरा ४९   वटा , विभिन्न रंगको साडी २२ वटा,कुर्ता २७ वटा र झुल ३ वटा बरामद गरेको हो ।

    बरामद गरिएका सामनहरु आवश्यक कार्यवाहीक लागि नियन्त्रणमा लिई जिल्ला भन्सार कार्यालय मलंगवामा बुझाएको जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ।


 


No comments:

Post a Comment