Tuesday, April 12, 2022

५ दलको गठबन्धनका कारण पेचिलो छ मलंगवामा चुनावी तालमेल

 

बखतियार अलि–

सर्लाही २९ चैत्र 

     सत्तारुढ पाँच दलका शीर्ष नेताहरुले संयुक्त वक्तव्य जारी गर्दै आगामी चुनावमा तालमेल गर्ने घोषणा मात्र गरेका छैनन्, देशैभर ठाउँ र अवस्था अनुसार तालमेल मिलाएर चुनावमा सहकार्य गर्न आह्वान गरेका छन् । तर एकाधस्थान बाहेक अन्यत्र तालमेलमा सहमति जुट्न सकेका छैनन् । यस्तै अवस्था मलंगवा नगरपालिकाको पनि रहेको छ । 

    ५ दलको गठबन्धन बने संगै अब मलंगवा नगरपालिकाको मेयरको टिकट कसले पाउने हो, भनेर मलंगवामा यो कुरा ठुलै चर्चाको बिषय बनेको छ । नेपाली कांग्रेसका एकजना नेताका अनुसार मलंगवा नगरपालिकाबाट कांग्रेस विजय भएकोले कांग्रेसकै कोटामा मलंगवा पर्ने वहाले बताए पनि जसपा र नेकपा एस पनि मलंगवाको कोटा हामिले पाउने दाबी गरिरहेकोले मलंगवाबाट मेयरपदमा कुन व्यतिले टिकट पाउने हो यो कुरा रहस्यमय बन्दै गएको    छ । २०७४ सालमा मलंगवाको मेयरमा निरसल साह जितेका थिए । साह पनि पुन टिकट आफुलेनै पाउने बताई रहेको छ ।   यता जसपाबाट चुनाव लडेका नागेश्वर यादव र जसपाका अर्का नेता काशी राय यादव पनि अब जसपाबाट टिकट आफुले पाउने बताइरहेको छ । जानकारहरुको भनाई अनुसार गठबन्धनबाट टिकट पाउने नेताको विजयी सुनिश्चित रहेको बताउछन । कांग्रेस पार्टीका एकजना नेताको भनाई अनुसार मलंगवाका मेयरमा हामिले टिकट पाउने छौ भने जसपा वा नेकपा एसलाई उपप्रमुखको टिकट दिने समझदारी भएको वहाले बताए । केन्द्रमा जस्तै सर्लाहीमा पनि चुनावी तालमेलबारे छलफल गर्न चार दलको बैकठ बसेको थियो । नेताहरुका अनुसार गठबन्धनमा आवद्ध दलहरुबीच प्रमुख र उपप्रमुखमा चुनावी तालेमल हुन नसके स्वस्थ प्रतिस्पर्धा गर्ने विकल्पमा पनि सकारात्मक छलफल भइरहेको जनाए ।  सिंगो गठबन्धनमा सहमति नजुट्दा कांग्रेस र जसपा दुबैको प्राथमिकतामा माओवादी केन्द्र पार्न सक्छ । कांग्रेससँग तालमेल नभएका स्थानहरुमा माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाबीच मात्र भए पनि गठबन्धन गर्ने छलफल चलिरहेको छ । माओवादी र एकीकृत समाजवादीले समर्थन गर्ने हो भने जसपाको पनि त्यही हाराहारी पुग्छ । केन्द्रको निर्णयको पर्खाइमा अधिकांश दलमा नगरपालिकाको मेयर र उपमेयरको उम्मेद्वार टुंगो लगाउने जिम्मा केन्द्रीय कमिटीले लिएकाका    छन् । त्यसैले आकांक्षीहरु केन्द्रकै निर्णय पर्खिरहेका छन् । 

    यद्यपी दलहरुले चुनाव लक्षित घरदैलो कार्यक्रम भने सकाएका छन् । अहिले आकांक्षीहरुले आफ्नो दावेदारी प्रस्तुत गर्ने, लबिङ गर्ने र निर्वाचन लक्षित गतिविधि सञ्चालन गरिरहेका छन् । केन्द्रबाट निर्देशन आएपछि उम्मेद्वार सिफारिस गरेर पठाउने गठबन्धनले लोकतन्त्रलाई जनाएको छ l

No comments:

Post a Comment