Wednesday, April 27, 2022

सर्लाहीको मलंगवामा साह भर्सेस यादव, कसको पल्ला भारी ?

 

लोकतन्त्र समाचारदाता---

मलंगवा,वैशाख १४ 

     वैशाख ३० गतेको लागि तोकिएको स्थानीय तहको निर्वाचनका लागि मनोनयन दर्ता सम्पन्न भएको छ। मधेश प्रदेशको  चर्चित सर्लाही जिल्लाको सदरमुकाम मलंगवा नगर पालिकामा दुई पक्षीय भिडन्त हुने सङ्केत देखिएको छ ।

     मलंगवामा नेपाली कांग्रेस, जनता समाजवादी पार्टी, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी  र नेकपा एमाले बीच मात्र प्रतिश्पर्धा हुने राजनीतिक विश्लेषकहरुको भनाई  रहे पनि मुख्यत  नेपाली काग्रेस र जसपा बिच ठुलो लडाई हुने संकेत देखिन्छ । नेपाली कांग्रेसबाट विजयी मलंगवाका पूर्व मेयर निरसल साहले मलंगवा नगरको मेयरमा जसपाबाट उम्मेदवारी  दिएपछि राजनीतिकमा नयाँ  तरंग देखा परेको छ । साहको पक्षमा पनि राम्रो जनाधार रहेको स्थानीय जनताहरु बताउँछन । उनि जसपा पार्टीमा नयाँ अनुहार भएको कारण पार्टीका कार्यकर्ताहरुले खुलेर सहयोग गर्नेछ कि छैन पार्टीबाटै यो कुराको आवाज उठन थालेको छ । जसपाकै कति जना नेता जसपालाई सहयोग नगर्ने जानकारहरुको भनाई छ ।

     यता नेपाली कांग्रेसबाट मलंगवा नगरपालिकाको मेयरका लागि पुर्व मेयर नागेन्द्र प्रसाद यादवले नोमनेशन दिएपछि मेयरको रुपमा यादवको पल्ला पनि भारी रहेको जानकारहरु बताउँछन ।  त्यसैले पनि मलंगवामा अरु भन्दा यादव र साह बिच दुई पक्षीय भिडन्त हुने प्रबल सम्भावना रहेको देखिन्छ  । 

   साह र यादव बीच हुने महाभिडन्तमा कसले बाजी मार्छ भन्ने कुरा अहिले मलंगवामा  मात्र नभइ जिल्लाभर चर्चाको विषय बनेको छ । चुनावी तालमेल र अघिल्लो निर्वाचनको अङ्क गणितलाई आधार मान्ने हो भने मलंगवा नगरपालिकामा कांग्रेस र जसपाको संगठन सशक्त  छ, यो कुरालाई आधार मान्ने हो भने पनि यो बर्चस्वको लडाई र  महासंग्राम यो दुई पार्टी बिच हुने आमजनताहरुले आकलन गरेका छन  । 

    गत निर्वाचनमा पनि विजयी हासिल गरेको तत्कालिन नेपाली कांग्रेसका निरसल साह (हालको जसपा) बाट उम्मेदवारी दिएपछि ठुलो चर्चाको बिषय पनि बनेको छ। यसपाली पनि साह जित्ने सम्भावना रहेको जिसस प्रमुख मेथुर चौधरीको कथन रहेको छ । नेपाली कांग्रेसका नेता कौशल किशोर यादवका अनुसार  कांग्रेस फेरि यस पटक भारी बहुमतले मलंगवामा सम्पुर्ण प्यानल विजयी हुनेमा यादव पुर्ण रुपमा ढुक्क छन । यहाँका वर्तमान मेयर निरसल साह टिकट नपाएर कांग्रेस छोडेर जसपामा गएपछि साहका लागि पार्टी नयाँ भएपनि पुर्व निर्वाचित अधिकांस वडाअध्यक्षहरु साहसंगै जसपाबाट चुनाव लडेका कारण पनि साहको पक्षमा राम्रो मतदान हुने जसपाकै नेताहरु दावी गरेका छन्  । 

  विभिन्न सामाजीक र राजनीतिक क्रियाकलापले मलंगवा नगरवासीमा साह र यादव बिचकै चुनाबी लडाईले चर्चा पाएको छ ।

No comments:

Post a Comment