Tuesday, December 1, 2020

बरहथवामा मोटरसाइकल दुर्घटना ,४ जना घाइते

 

  

लोकतन्त्र समाचारदाता----
सर्लाही ,मंसिर १६
     एकैदिन सर्लाहीको बरहथवा नगरपालिका स्थित दुई छुट्टाछुट्टै स्थानमा भएको मोटरसाइकल दुर्घटनामा परि ४ जना घाइते भएका छन् ।घाइते हुनेहरुमा एकजना पैदल यात्री समेत रहेका छन् ।
    जिल्ला प्रहरी कार्यालय मलंगवाले दिएको जानकारी अनुसार सोमबार  वडा न-८ टाँडी स्थित हिरापुरबाट बरहथवा तर्फ आउँदै गरेको ज १ प २१४५ नम्बरको मोटरसाइकलले  पैदल यात्री सोही ठाउँ बस्ने वर्ष ४१ का उदय महतोलाई ठक्कर  ठक्कर दिएको छ ।मोटरसाइकलको ठक्करबाट महतोको टाउको, खुट्टा र हातमा चोट लागेको छ भने मोटरसाइकल चालक गोडैता नगरपालिका वडा न-९ बकैनिया बस्ने राम लखन साहका छोरा वर्ष २८ को जितेन्द्र कुमार साह समेत घाइते भएको छ।
     यस्तै,सोही नगरपालिकाको वडा न-१० सितापुर स्थित सितापुरबाट बरहथवा तर्फ आउँदै  गरेको बा ९२ प १०६५ नम्बरको मोटरसाइकलले


सोही ठाउँमा रोकी राखेको ना ३९ प ४६९२ नम्बरको अर्को मोटरसाइकललाई ठक्कर दिँदा दुई  जना घाइते भएका छन् ।घाइते हुनेहरुमा बा ९२ प १०६५ नम्बरको मोटरसाइकलका चालक सितापुर बस्ने वर्ष २२ को संतोष चौधरी र सोही मोटरसाइकल पछाडि सवार सितापुरकै २७ वर्षिय सुवाश माझी रहेका छन् ।
    दुवै दुर्घटनामा  घाइते भएकाहरुको एडभान्स सन्जिवनी अस्पताल बरहथवामा उपचार  भइरहेको छ । सितापुरमा रोकी राखेको मोटरसाइकललाई ठक्कर दिने मो.साका चालक र घटनामा संलग्न मोटरसाइकलहरु इलाका प्रहरी कार्यालय बरहथवाको नियन्त्रणमा रहेको जिप्रका मलंगवाका प्रवक्ता एवं डिएसपी मदन कुवँरले जनाएको छ।

No comments:

Post a Comment