Thursday, June 10, 2021

प्रदेश २ सरकारमा सर्लाहीका विरेन्द्र सिंह काँग्रेसको तर्फबाट मन्त्री नियुक्त

 




मनोज यादव---

सर्लाही ,जेठ २७

    प्रदेश २ को सरकारमा नेपाली काँग्रेसकाबाट सर्लाहीका विरेन्द्र प्रसाद सिंह मन्त्री बनेका छन् ।सत्तारुढ जनता समाजवादी पार्टी(जसपा)र नेपाली काँग्रेसबीच  २ बुंदे सहमति भएपछि मुख्यमन्त्री लालबाबु राउतले मन्त्रिमण्डल बिस्तार गरेको छ ।सोही मन्त्रीमण्डलमा नेपाली काँग्रेसबाट सर्लाहीका  सिंह युवा, खेलकुद तथा महिला बालबालिका मन्त्री भएका छन् ।

   सिंहसँगै काँग्रेसबाट रामसरोज यादव भौतिक पूर्वाधार विकास तथा यातायात मन्त्री र ओमप्रकाश शर्मा उर्जा, सिंचाई तथा खानेपानी मन्त्री बनेका छन्।

   संसदीय दलका नेता रामसरोज यादवको नेतृत्वमा सरकारमा सहभागि मन्त्रीहरुले बुधबार राती दश बजे सपथग्रहण गरेका छन् ।प्रदेश प्रमुख राजेश झॉअहिराज’ले नवनियुक्त मन्त्रीहरुलाई पद तथा गोपनियताको सपथ गराएका हुन् । उनकै निजी सचिवालय परिसरमा आयोजित सपथग्रहणमा मुख्यमन्त्री राउत,प्रदेश सभामुख सरोजकुमार यादव, मन्त्रीहरु लगायत प्रदेश सरकारका अधिकारीहरुको उपस्थिति रहेको थियो ।

   मन्त्रीहरु नियुक्त भएपनि राज्यमन्त्रीहरु सहमति अनुसार पछि नियुक्त गरिने बताइएको छ ।

No comments:

Post a Comment