Tuesday, June 8, 2021

मलंगवा बजार क्षेत्रमा धमाधम सडक विस्तार गरिंदै

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ २५

     निशेधाज्ञाक मौका पारेर सर्लाही सदरमुकाम मलंगवा नगरपालिकाको बजार क्षेत्रमा सडक चौडा गरि धमाधम सडक निर्माणको काम भइरहेको छ ।वर्षौदेखी निर्माणको पर्खाइमा रहेको वडा न-१० स्थित बाबा स्वामीको मठदेखी वडा न-८ को राजश्री सिनेमा हल सम्मको भित्रि सडक चौडा गरि त्यसमा पक्की ढलानको साथै दुवैतर्फ नाला निर्माणको काम चलिरहेको छ।   ‘बजार क्षेत्रको सांगुरो सडकलाई व्यवस्थित गर्ने उदेश्यले निर्माणकार्य भइरहेको मलंगवा न.पा वडा न-९ का वडाध्यक्ष दिपलाल महतोले बताएको छ ।मलंगवा नगरपालिका  क्षेत्राधिकारमा भएका संरचना हटाएर सडक विस्तार हुने चर्चा निक्कै लामो समयदेखि चल्दै आएको थियो। यसअघि नगरपालिकाको  क्षेत्राधिकारमा बनाइएका संरचना हटाउन स्थानीय पत्रिकामार्फत सूचना समेत जारी गरिएको वडाध्यक्ष महतोले बताएको छ ।

   वर्षौंदेखि निर्माणको प्रतिक्षामा रहेको बजार क्षेत्रको सडकको निर्माणकार्य सम्पन्न भएपछि नगर व्यवस्थित हुने छ ।

No comments:

Post a Comment