Friday, June 4, 2021

सर्लाहीमा भौकै सुत्ने अवस्थामा रहेको परिवारलाई आर्थिक सहयोग



राधेश्याम कुशवाहा-------                              २१ जेठ सर्लाही


सर्लाहीको बिष्णु गाउँपालिकामा एक परिवारलाई ३० हजार बराबरको आर्थिक सहयोग प्रदान गरिएको छ । नेपाल समाज सेवाद्वारा वार्ड न। ७ दुल्वा निवासी निर्मला देवीलाई नगद पैसा र बच्चाको पठनपाठनका लागि शैक्षिक सामग्री प्रदान गरिएको संस्थाको संयोजक नन्दा यादव ले बताए ।


दुईवटा कलिलो छोरा रहेको महिलाको घरको एक मात्र साहार सदाको लागि अस्ताएपछि बालबालिकाको पालनपोषण, शिक्षा, स्वास्थ तथा औषधी उपचारमा समेत समस्या हुदै आएको संस्थाको सहयोगी राजन बैठा ले बताए । खेतबारी र घरमा काम गर्ने कोही नभएको परिवारमा एउटा छोरा अपांग र मानसिक रोगी समेत रहेको छ ।


आम्दनीको कुनै स्रोत नभएको परिवारमा छोराको औषधी उपचार र परिवार चलाउनका लागि सामथ्र्य नभएका कारण परिवारलाई भोकै सुत्ने अवस्था सृजना भएको थाहा पाएर हामीले सहयोग प्रदान गरेको बताए । स्थानिय सरकारले आम जनताको हरेक दुख, विपद र परेको बेला हरेक तवरले सहयोग गर्ने दाबी गर्दै आएपनि आफनो नागरिक भोकै मर्दा समेत सरकार अनियमितता र भ्रष्टाचारमा लिप्त आरोप समेत लगाए ।


घरमा रातिको छाक टार्न चामलको एक दाना नहुदाँ आफनो दुईवटा बच्चा भोकै मर्ने अवस्थामा पुगेको निर्मला देवीले दुखेसो पोखिन । यस्तो विषम परिस्थितिमा समेत कुनै राजनितिक दल, स्थानिय सरकार, आफन्त र छिमेकी लगायत कुनै व्यक्तिबाट कुनै किसिमको सहयोग प्राप्त नभएपछि समाजबाट मानवताको मरेको आफू महसुस गर्न बाध्य भएकी बताईन ।


संस्थाबाट प्राप्त भएको सहयोग हातमा लिदै महिलाको आँखा रसायो, साडीको एक कुनाबाट आँखाको आँशू पुछदै संस्था हाम्रो बच्चाको जिवन रक्षाको लागि भगवानको दुत भनेर आएको बताईन । संस्थाको सम्पूर्ण परिवारलाई भित्रि आत्माले धन्यावाद दिदै उहाँहरुको परिवारको दिर्घआयू र उज्जवल भविष्यको लागि भगवानसंग प्रार्थना समेत गरिन ।


विगत चारबर्ष अघि सर्लाहीका समाजिक क्षेत्रमा क्रियाशिल यूवाहरुको समूहले गठन गरेको यो संस्था गरिब, दलित, अतिविपन्न तथा विपदमा परेको परिवारलाई आर्थिक सहयोग गर्दै आएको छ ।

No comments:

Post a Comment