Sunday, June 13, 2021

बैंकङ्गि कसूर मुद्दामा संलग्न पक्राउ


लोकतन्त्र समाचारदाता ----

सर्लाही,जेठ ३०

सर्लाहीमा बैंकङ्गि कसूर मुद्दामा संलग्न व्यक्ति पक्राउ परेका छन् ।  ईन्फनिटि लघुवत्ति संस्था लमिटिेडको कार्यालय सर्लाही  मलंगवामा तत्कालनि कार्यरत रहेका रौतहट चन्द्रपुर नगरपालकिा वडा नं १० बस्ने गंगाराम ठाकुरको छोरा वर्ष ३२ को रमशिन ठाकुरले बत्तियि कारोवार संचालन गर्दै आएको उनलाई बिहिवार प्रहरीले पक्राउ गरेको छ । 

     प्रतविादीहरुले किर्ते  ग्राहक, तमसुक र रसदि खडा गरी झुठ्ठा ग्राहकहरुको नाम थर उल्लेख गरी ऋण प्रवाह गर्ने क्रियाकलाप गरी चुक्ता भई सकेका ६८ जना ग्राहकहरुको नाममा रकम निकाली निज प्रतविादीहरुले उक्त लघुवति संस्थाको नाउँमा रहेको रकम रु ४७ लाख ९१ हजार ३ सय ९८ रुपैया ६ पैसा हिनामिना  गरेको सर्लाही प्रहरी प्रवक्ता एवं डिएसपी मदन कुँवरले  जानकारी दिए । बैकङ्गि सम्बन्धी कसूर गरेको भनि उक्त  लघुवति सस्थामा कार्यरत शाखा प्रमुख अरुण कुमार यादवले जिल्ला प्रहरी कार्यालय सर्लाहीमा जाहेरी दरखास्त लगायतका कागजातहरु पेश गरेको हुँदा नजि व्यक्तहिरु माथी  बैकङ्गि सम्बन्धी कसूर मुद्दा दर्ता गराएका थिए ।

      प्रतविादीहरु मध्येका रमशिन ठाकुरलाई मिति जेठ २७ गते पक्राउ गरी २८ गते  उच्च अदालत जनकपुरबाट बैकङ्गि कसूर तथा सजाय ऐन २०६४ बमोजमि ५ दिनको म्याद लिई  अनुसन्धान भई रहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ ।

No comments:

Post a Comment