Wednesday, June 16, 2021

आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाको पालिका स्तरीय बैठक मलंगवामा सम्पन्न

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २

    सर्लाहीको सदरमुकाम मलंगवामा फिनलैण्ड सरकार अन्तर्गत कियोज फाउन्डेशनको आर्थिक सहयोगमा मानवअधिकारको लागि जनमञ्च (पिपुल फोरम) कालिकास्थान काठमाडौको आयोजनामा आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाको   पालिका स्तरिय  बैठक  सम्पन्न भएको छ । नगरप्रमुख निरसल साहको अध्यक्षतामा भएको बैठकले बिभिन्न विषयमा छलफल तथा निर्णय पारित गरेको छ ।

    बैठकमा  नगर प्रमुख साह समक्ष  मानवअधिकारको लागि पिपुल फोरमको आयोजनामा  संचालन हुने परियोजना  मलंगवा नगरपालिकामा पनि संचालनार्थ  जिल्ला समन्वयको बैठकबाट छनौट भएको जानकारी गराई यस नगरपालिकामा पनि  संचालन गर्न गराउन निर्णय गरिएको छ।यसै बैठकबाट परियोजना संचालन गर्नका लागि वैदेशिक रोजगार सम्बन्धि संरक्षण , संवर्धन तथा व्यवस्थित गर्नका लागि बजेट विनियोजन गराउन नगर परिषद समक्ष पहल गर्न निर्णय समेत गरिएको परियोजना संयोजक मोहन राय यादवले जानकारी दिनुभयो ।

    




No comments:

Post a Comment