Monday, June 14, 2021

जनमत पार्टी केन्द्रीय समितिद्वारा सर्लाही सहित विभिन्न जिल्लामा नयाँ पदाधिकारी मनोनीत



राजिव शाह - 

सर्लाही,जेठ ३१

    जनमत पार्टी केन्द्रीय समितिले सर्लाही सहित विभिन्न जिल्लाका नयाँ पदाधिकारी मनोनीत  गरेको छ। 

नव चयन भएका जनमत पार्टी जिल्ला सर्लाही जिल्ला अध्यक्ष जबाहर राय,उपाध्यक्ष ममता महतो ,सचिव बिबेक शर्मा,सह सचिब योग्नारायन साह, कोषाध्यक्षमा बिरेन्द्र साह रहेका छन्  ।  

पार्टीले मनोनित भएका पदाधिकारीहरूलाई   गराउदै ,आगामी ६ महिना  जिल्लामा उत्कृष्ट काम गरेर, सबैलाई मिलाएर, सबैलाई प्रेरित गरेर संगठन विस्तार र प्रशिक्षित गरेर देखाउने अवसर  रहेको जनमत पार्टीले जनाएको छ ।

मनोनयनको अपेक्षा राखेका तर मनोनित नभएका नेता कार्यकर्ताहरूले धैर्य राखेर अनुशासित भएर काम गर्न गर्न नेता तथा कार्यकतालाई आग्रह गरिएको हो । 

साथै पार्टीले  ६ महिना पश्चात् परिस्थिति सहज  भएपछि जिल्लाहरूमा निर्वाचन वा तोकेको प्रक्रियाबाट जिल्ला समन्वय समिति चयन गर्ने जनमत पार्टी सर्लाही जिल्ला सचिव बिबेक शर्माले जानकारी दिए ।

No comments:

Post a Comment