Monday, June 7, 2021

रामनगर गाँउपालिकामा ३ वटा हाकिमका कारण कार्यालयको कामकाज डेढ महिनादेखि ठप्प

 


 लोकतन्त्र समाचारदाता---                 

सर्लाही, जेष्ठ २४

     सर्लाही जिल्लाकाे पश्चिम क्षेत्रमा  रहेकाे रामनगर गाउँपालिकामा विगत डेढ महिना भन्दा बढि समय देखि कार्यालयको सम्पुर्ण कामकाज ठप्प हुँदा समस्या उत्पन्न भएकाे छ ।

    एकजना निमित प्रमुख प्रशासकीय अधिकृत रामपुकार महताे कार्यरत रहेपनि थप दुइजना गाउँपालिकाका आयुर्वेद शाखाका प्रमुख कृष्ण कुमार यादव र त्यस पछि गिरिश कुमार झाले मन्त्रालयबाट निमित प्रमुख प्रशासकीय अधिकृतको रुपमा खटाएको भन्दै पत्र लिएर गापामा हाजिर भएपछि  समस्या सृजना भएकाे हो । उक्त गापामा ३ जना ब्यक्ति हाकिमकाे  दाबेदार रहेका  छन । ३ जनाले  निमित प्रमुख प्रशासकीय अधिकृतकाे असली हकदार मनै हु भनेर बिवाद गर्न थालेपछि कार्यालय केही दिन देखि बन्द रहेकाे गाउँपालिका अध्यक्ष कृष्ण प्रसाद बर्माले  बताउनु भयाे । 

   ३ जना मध्ये कसलाई प्रमुख प्रशासकीय अधिकृतकाे रूपमा हाजिर गराउने बिषयमा बिवादका कारण कार्यालयको सम्पुर्ण कामकाज ठप्प रहेकाे अध्यक्ष बर्माले स्विकार्नु भयाे । प्रमुख प्रशासकीय अधिकृतहरूकाे लडाईमा कार्यालय बन्द हुदा आर्थिक बर्ष २०७७/०७८ चालू बर्षको धेरै बिकास निर्माण तथा याेजनाहरू अलपत्र अवस्थामा छन । त्यस्तै वुद्वा भत्ता नपाउदा अाफुहरू समस्या भाेग्न बाध्य भएकाे  स्थानीयहरूले गुनासाे गरेका छन । कतिपय कार्यक्रम तथा याेजनाहरूकाे भुक्तानी नपाउँदा उपभोक्तहरू मारमा परेका छन् ।

No comments:

Post a Comment