Monday, June 7, 2021

मलंगवा नजिकैको झिम नदीको किनारमा मन्दिरसहितको शवदाह गृह 'स्वर्गद्वार' बन्दै

 




मनोज यादव---

सर्लाही ,जेठ २४

      प्रदेश २ सरकारको बजेट र स्थानीयबासीहरुको आर्थिक सहयोगमा सर्लाहीको सदरमुकाम मलंगवा स्थित झिम नदीको किनारमा स्वर्गद्वार शवदाह गृहको निर्माण भइरहेको छ ।प्रदेश सरकारले छुट्याएको ५० लाख रुपैयाँ र  स्थानीय मनकारी ब्यक्तिहरुले स्वेच्छाले  प्रदान गरेको रकमबाट उक्त शवदाह गृहको निर्माण भइरहेको हो ।

       मलंगवा आसपासका गाउँहरुबाट शवको दाहसंस्कार गर्न आउने एकमात्र प्रमुख स्थान  झिम नदी रहेको र सो स्थानमा वर्षातको समयमा नदीमा बाढी आउँदा शव जलाउन समस्या परेको महसुस गर्दै  प्रदेश २ सरकार सँग  माँग गरेको बजेट र  स्थानीयबासीहरुको समेत आर्थिक सहयोग लिइ  हुलाकी सडक अन्तर्गत मलंगवा र भेल्ही गाउँको बिचमा पर्ने झिम नदीको दक्षिण पट्टीको नदी किनारमा  मन्दिर सहितको शवदाह गृहको निर्माण कार्य भइरहेको समाजसेवी संजय गुप्ता सुगन्धले बताउनुभयो ।जसको हालसम्म ६० प्रतिशत काम सम्पन्न भइसके र केही महिनामै सम्पूर्ण काम सम्पन्न गरि स्थानीयबासीहरुको लागि खुल्ला गरिने गुप्ताले जानकारी दिनुभयो ।

   हालसम्म ८० प्रतिशत जति काम पुराभइसकेको छ ।शवदाह गृह (स्वर्गद्वार)को निर्माणका लागि  प्रदेश सरकारले प्रदान गरेको बजेट बाहेक आइतवार मात्र  मलंगवाका  रामएकवाल गुप्ता र संजय गुप्ताबाट              ५२१०००, जय प्रकाश अग्रवाल र नवनित अग्रवालबाट ५११०००,डा. घनश्याम शाहबाट     १२५०००,खेम गाेयल र विकाश गाेयलबाट   १२१००० , सत्यनारायण अग्रवालबाट १११०००,बिरगंजका राजकुमार दारुकाबाट     १११००० रुपैयाँ चन्दा  बापत उठेको छ ।यसैगरी मलंगवाकै राजकुमार मि‌‌श्र र किशाेरी मिश्रबाट ५१०००,  महेन्द्र शर्माबाट ५१०००,

प्रेम किशोर गुप्ताबाट  ५१०००, सुशिल अग्रवाल र अमित अग्रवालबाट  ५१०००

प्रभात गुप्ताबाट ११०००

सुरेन्द्र गुप्ताबाट ११००० रुपैयाँ नगद गरि  झण्डै १६ लाख रुपैयाँ नगद संकलन भएको गुप्ताले बताएको छ ।निर्माणाधिन अवस्थामा रहेको शवदाह गृह सार्वजनिक सम्पत्ति रहेकोले यसलाई पुर्णता दिन सबैको साथको आवश्यक्ता रहेकोले आआफ्नो स्तरबाट सहयोग गर्न उहाँले स्थानीयबासीहरु सँग आग्रह गर्नु भएको छ ।

   
   

 

No comments:

Post a Comment