Saturday, June 5, 2021

मलंगवाको कोरोना खोप केन्द्रमै ठेलमठेल भिड,सबै स्वास्थ्य मापदण्डको उल्लंघन

 



सर्लाही ,जेठ २२

   कोरोनाविरुद्धको पहिलो डोज खोप लगाएकालाई  दोस्रो डोज लगाउन सुरु भएको छ। खोप लगाउनका लागि तोकिएको  मलंगवा नगरपालिका वडा न-१० स्थित जिल्ला समन्वय समितिमा अत्यधिक भिड बढेको छ। खोपका लागि सर्लाहीभरमा एउटा मात्र  केन्द्र तोकिएकोले अत्यधिक भिड बढेको हो।  

     पछिल्लो समय कोभिडको संक्रमण बढ्दै गएपछि सरकारले २५ जनाभन्दा बढी जम्मा नहुन  निर्देशन दिइसकेको छ। तर, खोप केन्द्रमा यसरी अत्यधिक भिड बढेको बारेमा स्थानिय प्रशासन  बेखबर छ।

कोरोनाविरूद्धको पहिलो डोजको खोप  स्वास्थ्यकर्मी, सरकारी कर्मचारी, सुरक्षाकर्मी, सरसफाइकर्मी, पत्रकार ,६५ वर्ष भन्दा माथिका वृद्धवृद्धा लगायतले खोप लगाएका थिए।

  खोप केन्द्रमै अत्यधिक भिड बढेका कारण कोरोना रोकथामका लागि खोप लगाउन जाँदा उल्टै कोभिड सर्ने त्रास बढेको खोप केन्द्रमा खोप लगाउन आएकाहरूले गुनासो सुनाएका छन्।



No comments:

Post a Comment