Saturday, June 19, 2021

नगरपरिषदमा योजनहरु संलग्न गरिदिने मागसहित नगर प्रमुख तथा वडा प्रमुखलाई ज्ञापन पत्र

 




लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ५

       सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिका वडा न-२  अन्तर्गत पुर्व-दक्षिण दिशातर्फ पर्ने  शान्तीटोल बस्तीका स्थानीय  बासिन्दाहरुले नगरप्रमुख तथा वडाप्रमुखलाई ज्ञापनपत्र बुझाएका छन् ।यही असाढ १० गते हुन गइरहेको नगरपरिषदमा टोल विकास तथा सुधारका लागि आवश्यक रहेका  योजनाहरु संलग्न गरिदिन  मागहरु राखेर शान्तिटोलका बासिन्दाहरुले नगरप्रमुख निरसल साह र वडा न-२ का वडाध्यक्ष रामउजैन रायलाई  ज्ञापनपत्र बुझाइएका हुन ।

   टोलबासीहरु द्बारा संयुक्तरूपमा हस्ताक्षर गरिएको उक्त ज्ञापनपत्रमा नालासहितको सडक ढलान,निर्माण भइसकेको नाला र बाटोको निकास ,सोलार बत्ती जडान,सार्वजनिक धारा , कल र सार्वजनिक शौचालय निर्माणकार्यलाई प्राथमिकतामा राखेर बजेट विनियोजन गरिदिन लगायतका मागहरु समेटिएको टोल सुधार समितिका संयोजक सोहन कुमार झाले जनाएको छ।

    यो टो नगर तथा वडाबाट सधै उपेक्षित रहदै आएकोले उल्लेखित मागहरुलाई प्राथमिकतामा राखेर आर्थिक वर्ष २०७८-०७९ तथा अन्तिम नगर परिषदमा भएपनि बजेट विनियोजन गरिदिन आफुहरुको माग रहेको समितिका उपसंयोजक धिरेन्द्र मिश्रले बताए ।

No comments:

Post a Comment