Sunday, June 6, 2021

अघोषित लोडसेडिङको पिडामा रहेका स्थानीयहरु द्वारा विधुत प्राधिकरण घेराउ/


**तीनदिन भित्र समस्या समाधान भइसक्ने कार्यालय प्रमुखद्वारा प्रतिवद्धता**

लोकतन्त्र समाचारदाता---

सर्लाही ,जेठ २३ 

   अघोषित लोडसेडिङले गर्दा सर्लाहीबासीहरु हैरान बनेका छन् । बिना जानकारी जुनसुकै समयमा नेपाल विद्युत प्राधिकारणले दैनिक दर्जनौं पटक लाइन काट्ने गरेका कारण स्थानीय  जनताहरु मारमा पर्दै आएका हुन् ।

    विद्युत प्राधिकरणले पटक पटक लाइन काट्ने गरेपछि विधुत प्राधिकरणको गैरजिम्मेवारीपुर्ण रवैया प्रति आक्रोशित बन्दै गएका सदरमुकाम मलंगवाका सर्वसाधारण जनताहरु आज(आइतवार)बिहान वितरण केन्द्र मलंगवामा गएर प्रदर्शन गरेका  छन् ।प्रदर्शनको क्रममा उनीहरूले कार्यालय प्रमुख बिनोद यादवसँग अघोषित लोडसेडिङका कारण अस्तव्यस्त बनेको जनजीवन तथा  नराम्ररी प्रभावित बनेका,उद्योग, व्यापार व्यवसाय लगायतका क्षेत्रको बारेमा जानकारी गराएका छन् ।

   हावाहुरीबाट तार/पोल अथवा कहीं टूटफुट भएको समयमा अथवा कहीँकतै बिजुली को मरम्मत गर्नका लागी बिजली काटनु परेमा ग्राहकहरुलाई अगाड़ीनै सामाजिक संजाल बाट सुचना जारी गरेर जानकारी गराउनको साथै बिजुली सम्बन्धी वर्तमान समस्याहरू समाधान नभए सम्म र आमजनताको समस्या लाई प्रत्यक्ष अनुभूति गर्न का लागी बिधुत प्राधिकरण का प्रमुख लगायत सम्पूर्ण कर्मचारी हरूको निजी निवासमा जेनेरेटर,इन्भर्टर र ए.सी नचलाउने लगायतका लिखित सहमति भएको विद्यार्थी नेता शमिमबाबु खानले जानकारी गराएको छ । 

   कार्यालय प्रमुख यादवले जेठ २६ गते बुधबारसम्म सम्पूर्ण समस्याहरुको समाधान गरि बिना अवरुद्ध लाइन संचालन गर्ने लिखित सहमति गरि प्रतिवद्धता व्यक्त गरेको खानले बताए ।

    लो भोल्टेजले गर्दा पनि  सर्वसाधारण सास्ती खेप्न बाध्य छन् अघोषित लोडसेडिङकै कारण विद्युतसँग सम्बन्धित काम गर्नेहरुको रोजिरोटी समेत गुम्दै गएको छ । दिनहुँको अघोषित लोडसेडिङले स्थानीयबासीहरुलाई हैरान बनाएको छ। ‘दिनभरि कतिबेला लाइन आउँछ, कतिबेला जान्छ पत्तो हुँदैन । जतिबेला पनि झ्याप्प, झ्याप्प काटिदिन्छ । लाइन आएपनि भोल्टेज नै आउँदैन । लाइन छिन् छिनमा काटिइरहन्छ ।’

      प्राधिकरणको शुल्क नियमित बुझाउँदै आएकाले आफूहरुले सोही अनुसारको सेवा पाउनुपर्ने उपभोक्ताहरुले माग गरेका छन्  । उनीहरु विद्युत प्राधिकरणप्रति आक्रोशित हुँदै भने, ‘हामीले पैसा तिरेको के का लागि ? त्यो अनुसारको सेवा दिनुपर्छ कि पर्दैन । लाइन दिए पनि भोल्टेज आउँदैन । केही काम हुँदैन । अनि किन पैसा तिर्ने ?’





No comments:

Post a Comment