Wednesday, June 16, 2021

चापाकलको खाल्डोमा जमेको पानीमा डुबेर बालकको मृत्यु

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ २

     सर्लाहीको बरहथवा नगरपालिका वडा न-५ स्थित स्थानीय मुकेश गुप्ताको घरमा चापाकलको फोहर पानी जम्मा गर्न खनिएको खाल्डोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । मृत्यु हुनेमा निजकै २ वर्षीय छोरा ओम गुप्ता रहेका छन् ।

      मंगलबार दिउँसो १ बजे खेल्दै जाने क्रममा खाल्डोमा जमेको पानीमा डुबेर बेहोस  भएको बालकलाई उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र बरहथवामा ल्याउँदा डाक्टरले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।

    बालकको शव सोही दिन जिल्ला अस्पताल मलंगवामा पोष्टमार्टम गरी आफन्तको जिम्मा लगाइसकेको प्रहरीले बताएको छ ।

No comments:

Post a Comment