Sunday, June 20, 2021

मलंगवा र कौडेनामा आप्रवासी कामदारको न्यायमा पहुँचका लागि देखा परेका समस्या समाधानका लागि कार्यक्रम संचालन हुने

 


लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ६

     आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाको दोस्रो चरणको पालिका स्तरिय  बैठक सर्लाही मलंगवा नगरपालिका तथा कौडेना गाउँपालिकामा सम्पन्न भएको छ।

      मलंगवामा नगरप्रमुख निरसल साह र कौडेनामा गाउँपालिका अध्यक्ष राम प्रसाद राय यादवको संयोजकत्वमा सम्पन्न भएको दोस्रो चरणको बैठकले ती दुवै पालिका अन्तर्गत वैदेशिक रोजगार सम्बन्धि आप्रवासी कामदारको न्यायमा पहुँचका लागि देखा परेका विभिन्न समस्याहरुलाई मध्येनजर गरी त्यसको  सुरुवात गर्न सम्बन्धित निकाय सँग छलफल गरी नगर तथा गाउँ सभाबाट सके जती कार्यक्रमहरु राखेर संचालन गर्न गराउन निर्णय गरिएको परियोजना संयोजक मोहन राय यादवले जानकारी गराए । सोही बैठकमा पालिका प्रमुखहरुलाई परियोजना संचालन गर्न गराउनका लागि पिपुल्स फोरमबाट नमूना कार्यक्रमको मस्यौदा आइसकेको अवगत गराउँदै  आआफ्नो पालिकाबाट नमूना कार्यक्रम मस्यौदा समेत परिमार्जित हुने गरी कार्यक्रम संचालन गर्न गराउन अनुरोध सहित निर्णय गरेको परियोजना संयोजक यादवले बताए ।

       यसअघि  सम्पन्न भएको  पहिलो चरणको  बैठकमा मलंगवा र कौडेनाका  पालिका प्रमुखहरु समक्ष  मानवअधिकारको लागि पिपुल फोरमको आयोजनामा  संचालन हुने परियोजना ती पालिकाहरुमा पनि संचालनार्थ  जिल्ला समन्वयको बैठकबाट छनौट भएको जानकारी गराई यस नगरपालिकामा पनि  संचालन गर्न गराउन निर्णय गरिएको थियो ।सोही बैठकबाट परियोजना संचालन गर्नका लागि वैदेशिक रोजगार सम्बन्धि संरक्षण , संवर्धन तथा व्यवस्थित गर्नका लागि बजेट विनियोजन गराउन नगर तथा गाउँ  परिषद समक्ष पहल गर्न निर्णय समेत गरिएको थियो ।

    फिनलैण्ड सरकार अन्तर्गत कियोज फाउन्डेशनको आर्थिक सहयोगमा मानवअधिकारको लागि जनमञ्च (पिपुल्स फोरम) कालिकास्थान काठमाडौको आयोजनामा मेयर साह तथा गापा अध्यक्ष यादवको कार्यकक्षमा सम्पन्न  भएको दोस्रो चरणको बैठकमा पालिकाका योजना प्रमुख ,सामाजिक विकास प्रमुख ,उपभोक्ता समिति ,बुद्धिजीवी ,पत्रकार लगायतको सहभागीता रहेको थियो ।





No comments:

Post a Comment