Friday, June 4, 2021

खाल्टोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु

 



सर्लाही ,जेठ २१

     सर्लाहीको कविलासी नगरपालिका वडा न-७ स्थित एक ईट्टाभट्टामा खनेको खाल्टोमा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ ।

     बुधबार दिउँसो  लालबाबु रायको ईट्टा भट्टामा खनेको खाल्डोमा जमेको  पानीमा डुबेर कविलासी न.पा वडा न-५ रनिया निवासी मनोज कुमार मण्डलको १० बर्षीय छोरा रजनिश कुमार मण्डलको मृत्यु भएको प्रहरीले जनाएको छ ।प्रहरीका अनुसार बाख्रा चराउन गएको अवस्थामा ईट्टा भट्टाले खनेको खाल्टोमा जमेको पानीमा नुहाउने क्रममा बालकको मृत्यु भएको हो ।

    घटनाबारे थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ।

No comments:

Post a Comment