Wednesday, June 2, 2021

कोरोना संक्रमितको उपचारका लागि सर्लाहीमा ३६० बेडको आइसोलेसन तयार

 


 ---मलंगवामा १६० बेड---

लोकतन्त्र समाचारदाता----

सर्लाही ,जेठ १९

     सर्लाही जिल्लामा कोरोना भाइरस (कोभिड-१९)बाट संक्रमित बिरामीलाई राखेर उपचार गर्नका लागि ३६० बेड क्षमता भएको आइसोलेसनहरु तयार पारिएको छ।सदरमुकाम मलंगवा,लालबन्दी, हरिवन र  बरहथवा नगरपालिकामा आइसोलेसन तयार पारिएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले जानकारी दिनुभएको छ । 

      सदरमुकाम मलंगवा न.पा वडा न-२ कृष्णा चौक स्थित सन्त अल्पमाई नर्सिङ्ग कलेजमा अन्य पालिकाहरु भन्दा बढी १६० बेडको आइसोलेसन तयार पारिएको छ ।यस्तै प्राथमिक स्वास्थ्य केन्द्र लालबन्दी र सासापुर स्वास्थ्य चौकी हरिवनमा समेत आइसोलेसन तयार पारेर सङ्क्रमितहरुलाई राखिएको प्रजिअ तामाङले जानकारी दिएको छ ।संक्रमितहरुलाई राख्न आइसोलेसन तयार पारिएको भएपनि अधिकांश संक्रमितहरु आ–आफ्नो घरमा होम आइसोलेसनमा  बसिरहेका छन् । 

    अहिले जिल्लामा  अक्सिजन सिलिण्डरको संख्यामा पनि केही वृद्धि भएको छ । केहीदिन अगाडी जिल्ला अस्पताल मलंगवा सहित  विभिन्न स्थानीय तहका अस्पतालमा जम्मा १४७ थान अक्सिजन सिलिण्डर रहेकोमा अहिले यो संख्या वृद्धि भएको छ ।

    आवश्यक प्रविधिक तथा जनशक्तिको अभावका कारण जिल्ला अस्पताल मलंगवामा रहेको १० बेडको एच.डी.यू. र चारवटा भेन्टिलेटर संचालनमा ल्याउन सकिएको छैन् ।

     जिल्ला प्रशासन कार्यालय सर्लाहीले प्रकाशित गर्दै आएको कोभिड-१९ सम्बन्धि  दैनिक बुलेटिनका अनुसार सर्लाहीमा सोमबार  साँझसम्म १ हजार ५ सय २ जनामा कोरोना भाइरसको संक्रमण पुष्टी भएको छ । तीमध्ये ३४० जना निको भइसकेका छन भने ५९ जना कोरोना संक्रमितको  मृत्यु भइसकेको छ । 


No comments:

Post a Comment