Sunday, June 20, 2021

मलंगवामा नेविसंघको ३१ सदस्यीय नगर समिति गठन

 


लोकतन्त्र समाचारदाता----

सर्लाही ,असाढ ६

    सर्लाहीको सदरमुकाम मलंगवा नगरपालिकामा नेपाली काँग्रेस निकट नेपाल विद्यार्थी संघ(नेविसंघ) को मलंगवा  नगर समिति गठन गरिएको छ ।

    सनिवार मलंगवा न.पा वडा न-८ स्थित पार्टीको आफ्नै कार्यालयमा ओम रंज कर्णको सभापतित्वमा ३१ सदस्यीय नगर समिति गठन गरिएको हो । समितिमा आकृती कर्ण  उपसभापति,रफी अहमद सचिव, रंजना राउत कोषाध्यक्ष र अन्य सदस्य रहेका छन् । 

      नेपाली काँग्रेस मलंगवा नगर समितिका सभापति चन्द्र किशोर साहको प्रमुख आतिथ्यता एवं पार्टीका नेता समीर मिकरानी,नेविसंघका नेता कैइमुल मिकरानी,धिरज थाहा यादव  लगायतको आतिथ्यतामा नेविसंघको  मलंगवा न.पा नगर समिति गठन गरिएको छ ।

     सो अवसरमा बोल्दै पार्टीका नेता समीर मिकरानीले अब देशको जिम्मेवारी युवा पुस्ताको काँधमा आएकोले नेपालको विकास र नेपाली जनताको हितमा काम गर्न  युवा पुस्ता मिलेर अघि बढ्नु पर्ने बताउँदै उनले पार्टीको तर्फबाट नव गठित नेविसंघ नगर समितिका सदस्यहरुलाई शुभकामना दिएका छन् ।


No comments:

Post a Comment