Wednesday, June 2, 2021

जतिसुकै निषेधाज्ञा थपिएपनि पालना भएन

 ----सर्लाहीमा जेठ २५ गतेसम्म निषेधाज्ञा थपियो----

मनोज यादव---

सर्लाही ,जेठ १९

    सर्लाहीमा फेरी जेठ २५ गतेसम्मको लागि निषेधाज्ञा थपिएको छ । जिल्ला प्रशासन कार्यालय सर्लाहीले सोमबार  सदरमुकाम मलंगवामा  बसेको जिल्ला कोभिड व्यवस्थापन समिति (डीसीसीएमसी) को बैठकको निर्णयबाट कोभिड–१९ संकट व्यवस्थापन अध्यादेश, २०७८ को दफा ४ र ५ बमोजिम जेठ २५ गते राति १२ बजेसम्मका लागि निषेधाज्ञा थप गरेको हो । 

    सर्लाहीमा पनि नयाँ भेरियन्टसहित कोरोना भाइसको दोस्रो संक्रमण फैलिएपछि त्यसको रोकथाम तथा नियन्त्रणका लागि गत बैशाख २५ गतेबाट  जिल्लामा पटक–पटक गरी सात सातदिनको लागि भन्दै अहिलेसम्म चार पटक निषेधाज्ञा थप गरिएको छ ।

   जिल्लामा अहिले पनि संक्रमितहरुको संख्या  बढिरहेकोले यसको संक्रमण दरलाई नियन्त्रण गर्न निषेधाज्ञालाई निरन्तरता दिदैं आएको प्रमुख जिल्ला अधिकारी हेमराज तामाङले बताउनुभयो ।

     तर निषेधाज्ञा थप्दै गएपनि जिल्लामा यसको पूर्णरुपमा पालना भने हुन सकेको छैन्। शहर क्षेत्रमा मानिसको चहलपहल कम केही कम भएपनि ग्रामीण भेगमा भने यसको पालना भइरहेको छैन ।गाउँ गाउँमा साप्ताहिक  हाटबजार लगेकै छ । विवाह, भोजभतेरमा भिडभाड  भएकै छ । गाउँघरमा भौतिक दुरिको  खासै ध्यान दिईको पाईदैन । माक्स त कोही कोहीले मात्र लगाउने गरेका छन् ।कोरोना संक्रमण पुष्टि भई होम आइसोलेसनमा पठाइएका संक्रमितहरु बजार डुल्ने तथा  विभिन्न सामाजिक समारोहमा सरिक हुने गरेका छन् ।

   निषेधाज्ञाको बाबजुद यस्तो कार्य भइरहेको देख्दादेख्दै पनि निषेधाज्ञाको समयावधि  थप्नु बाहेक यस्तो कार्यलाई रोक्न स्थानीय प्रशासनले अहिलेसम्म कुनै ठोस कदम  नचालेको स्थानीय बुद्धिजीवीहरुले आरोप लगाएका छन् ।सर्लाही जिल्ला कोरोना भाइरसको हटस्पट बनिसकेको छ ।


No comments:

Post a Comment