लोकतन्त्र समाचारदाता---
सर्लाही ,असाढ १०
सर्लाहीको कबिलासी नगरपालिका र बसबरिया गाउँपालिकामा सम्पन्न आप्रवासी कामदारको न्यायमा पहुँच संवर्धन परियोजनाको दोस्रो चरणको पालिका स्तरिय बैठकबाट आप्रवासी कामदारहरुको समस्या समाधान गर्न कार्यक्रम संचालन गर्ने निर्णय भएको छ।
कबिलासी नगरपालिकामा नगर प्रमुख कौशल किशोर यादव तथा बसबरिया गाउँपालिकामा गाउँपालिका अध्यक्ष रामआयोध्या रायको संयोजकत्वमा सम्पन्न भएको दोस्रो चरणको बैठकले ती दुवै पालिका अन्तर्गत वैदेशिक रोजगार सम्बन्धि आप्रवासी कामदारको न्यायमा पहुँचका लागि देखा परेका विभिन्न समस्याहरुलाई मध्येनजर गरी त्यसको सुरुवात गर्न सम्बन्धित निकाय सँग छलफल गरी नगर तथा गाउँ सभाबाट सके जती कार्यक्रमहरु राखेर संचालन गर्न गराउन निर्णय गरिएको परियोजना संयोजक मोहन राय यादवले जानकारी गराए । सोही बैठकमा पालिका प्रमुखहरुलाई परियोजना संचालन गर्न गराउनका लागि पिपुल्स फोरमबाट नमूना कार्यक्रमको मस्यौदा आइसकेको अवगत गराउँदै आआफ्नो पालिकाबाट नमूना कार्यक्रम मस्यौदा समेत परिमार्जित हुने गरी कार्यक्रम संचालन गर्न गराउन अनुरोध सहित निर्णय गरेको परियोजना संयोजक यादवले बताए ।
रामआयोध्या राय,प्रमुख (बसबरिया गा.पा) |
No comments:
Post a Comment