Tuesday, June 8, 2021

मलंगवा बजारको अनुगमन गरियो

 




लोकतन्त्र समाचारदाता---

सर्लाही,जेठ २५

      जिल्ला प्रशासन कार्यालय सर्लाहीले आज(मंगलबार)बिहान मलंगवा बजारको  अनुगमन गरेको छ । सहायक प्रमुख जिल्ला अधिकारी भुमिश्वर पोखरेल नेतृत्वको अनुगमन टोलीले बजार क्षेत्रका किराना ,औषधि लगायतका पसलका संचालकहरुले  अखाद्य तथा म्याद सक्किएका बस्तुहरुको बिक्री वितरण भए नभएको ,माग भएको बखत बस्तुको स्टक देखाउने वा स्टकको विवरण हेर्न नदिने गरेको वा नगरेको ,त्रुटिपूर्ण उत्पादन वा प्याकेजिङ,मुल्यसूची राखे नराखेको ,व्यवसाय सम्बन्धि मापदण्डको पालना गरे ,नगरेको ,उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली ,मापदण्ड वा निर्देशिका बमोजिम पालना गर्नुपर्ने अन्य कुराको पालना गरे नगरेको ,बस्तुको बिक्रीमा ट्रेडमार्क लगायतका बौद्धिक सम्पतिको चोरी वा नक्कल गरे नगरेको अनुगमन गरेका थिए ।कोरोना संक्रमणलाई मध्येनजर गर्दै जिल्लामा जारी निषेधाज्ञाको मौका पारेर पछिल्लो समय यहाँ व्यापारीहरुले खाद्यान्न लगायतका सामाग्रीको कृतिम अभाब सिर्जना गरि मनपरि मृत्यु वृद्धि गरेर आम उपभोक्तालाई ठग्ने काम गरेको भन्ने जनगुनासो आउन थालेपछि त्यसलाई नियन्त्रण गर्न र दोषी उपर कार्यवाही गर्न बजार अनुगमन गरेको सहायक प्रजिअ पोखरेलले बताउनुभयो ।  

   उपभोक्ता संरक्षण ऐन २०७५ र नियमावली ,मापदण्ड वा निर्देशिकाको पालना नगरेका व्यापारीहरुलाई सुधारको लागि निर्देशन दिई पहिलो पटकको लागि चेतावनी दिएर  छाडेको उहाँले बताउनु भएको छ।

    अनुगमन टोलीमा सप्रजिअ पोखरेलसहित,मलंगवा नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत होमनाथ सुवेदी ,घरेलु तथा साना उद्योग मलंगवाका प्रमुख जितेन्द्र किशोर गुप्ता,सर्लाही प्रहरीका प्रहरी निरिक्षक कृष्ण गिरी,उद्योग वाणिज्य संघका महासचिव सुजय राय,सर्लाही चेम्बर अफ कमर्स  जिल्ला सदस्य अमित अग्रवाल,पत्रकार मनोज यादव लगायतको सहभागीता रहेको थियो ।





No comments:

Post a Comment