Friday, June 18, 2021

सर्लाही अस्पताललाई खालसा एड इन्टरनेशनल काठमाडौ द्वारा १० लाख बराबरको अक्सिजन उत्पादन गर्ने मेसिन प्रदान

 



लोकतन्त्र समाचारदाता---

सर्लाही ,असाढ ४

     कोरोना भाइरस (कोभिड-१९) को संक्रमण कालबाट गुज्रिरहेको अवस्थामा संक्रमित बिरामीहरुको उपचारमा अतिआवश्यक पर्ने अक्सिजनको अभाव झेल्दै आएको सर्लाहीको सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पताल मलंगवालाई काठमाडौंको खालसा एड इन्टरनेशनल नामक एक संस्थाले कोभिड राहत स्वरूप   १० लाख रुपैयाँ बराबरको स्वास्थ्य सामाग्री प्रदान गरेको छ । संस्थाले अस्पताललाई ५ थान अक्सिजन उत्पादन गर्ने अक्सिजन कन्सनटेटर मेसिन र २५ थान अक्सोमिटर प्रदान गरेको छ ।

    जि.पि कोइराला अध्यन केन्द्रको पहलमा नेपाली काँग्रेसको भातृ संगठन नेपाल विद्यार्थी संघ सर्लाही मार्फत खालसा इन्टरनेशनलका टिमका सदस्य रौनक सिंह र साजिदा खानले जिल्ला अस्पताल मलंगवाका मेडिकल सुपरिटेन्डेन्ट तथा जिल्ला स्वास्थ्य कार्यालय सर्लाहीका प्रमुख  डा.नवल किशोर झालाई ती स्वास्थ्य सामाग्रीहरु हस्तान्तरण गरेको हो ।

    प्रदेश नम्बर  २ सरकारको अनुदानमा जिल्ला अस्पताल मलंगवाको प्रांगणमा निर्माण भइरहेको अक्सिजन प्लान्टको निर्माणकार्यमा ढिलाइ भइरहेका कारण कोभिड १९ को उपचार गराइरहेका संक्रमित बिरामीहरुको उपचारमा समस्या हुँदै आएकोले संस्थाले प्रदान गरेको उक्त सामाग्रीबाट उपचारको क्रममा रहेका बिरामीहरुलाई केही हदसम्म सहयोग पुग्ने मेडिकल सुपरिटेन्डेन्ट झाले बताए ।

   शुक्रवार जिल्ला अस्पतालमा आयोजना गरिएको स्वास्थ्य सामाग्री हस्तान्तरण कार्यक्रममा    नेविसंघ सर्लाहीका समीर मिकरानी, मनिष रायमाझी ,कैमुल मिकरानी,मुन्ना यादव,निरज कार्की, कृष्ण रायमाझी लगायतको उपस्थिति रहेको थियो ।

No comments:

Post a Comment