Friday, June 4, 2021

लामो समयदेखि नचलाएर बसपार्क तथा ग्यारेजमा थन्काएर राखिएका गाडीहरु बिग्रनथालेको यातायात व्यवसायीहरुको गुनासो




लोकतन्त्र समाचारदाता ---

सर्लाही ,जेठ २०

   करिब एक महिना बढीदेखि जारी निषेधाज्ञामा बस नचलाइ बसपार्क तथा ग्यारेजमा त्यसै थन्काएर राख्नु पर्दा पाटपुर्जाहरु बिग्रनुका साथै ठूलो आर्थिक घाटा बेहोर्नु परेको यातायात व्यवसायीहरुले गुनासो गरेका छन् । लामो समयदेखि बस नचलेकोले रोजगारी समेत गुमाउँनु पर्दा  आफुहरु दोहोरो मारमा परेको यातायात  व्यवसायी तथा  यातायात मजदुरहरुले दुखेसो पोखेका छन् ।

   एक कमाई भएको छैन त्यसमा पनि बैंकको  किस्ता तिर्न नसकेर ऋण  थपिँदै गएको छ ,मलंगवाका एकजना यातायात व्यवसायीले   गुनासो गरे । कतिपय ब्यक्तिहरु आफ्नो घर जग्गा बैंककमा धितो राखेर ब्याजमा गाडी निकालेका छन् ।निषेधाज्ञाले गर्दा एक महिना बढीदेखि गाडी त्यतिकै बसपार्क तथा ग्यारेजमा   थन्काएर राख्नु परेको छ ।गाडी नचलेपनि  बैंकको ब्याज भने तिर्नै  पर्छ उनीहरूले भने ।

    लामो समयसम्म गाडी त्यतिकै   थन्काएर राख्दा इन्जिनमा खिया लाग्ने, बडीमा खिया लाग्ने र घाम पानीले टायर सडेर काम नलाग्ने भएको छ, कबिलासी नगरपालिका स्थित गैरका एक बसका चालक मनोज कुमार साहले बताए ।

     जारी निषेधाज्ञाका कारण यातायात  व्यवसायीसँगै  चालक, सहचालक लगायत अन्य मजदुरहरु  प्रभावित भइरहेका छन् ।



No comments:

Post a Comment