Friday, June 4, 2021

सर्लाही अस्पताल र जनस्वास्थ्य प्रमुखको एकैसाथ सरुवा

 



सर्लाही ,जेठ २१

      सर्लाहीको  सदरमुकाम मलंगवा स्थित जिल्ला अस्पतालका निमित्त मेडिकल सुपरिटेण्डेण्ट र जिल्ला जनस्वास्थ्य कार्यालयका प्रमुखको एकैसाथ सरुवा भएको छ ।कोरोना भाइरस (कोभिड -१९) सम्बन्धि कार्यक्रमहरु चलिरहेकै अवस्थाको बिचमै दुइवटै स्वास्थ्य निकायका प्रमुख निमित्त  मेडिकल सुपरिटेन्डेन्ट  डा. संजिव सिंह र जनस्वास्थ्य प्रमुख श्रवण नायकको सरुवा भएको छ ।

  दुवै प्रमुखहरुको प्रदेश नम्बर -२ सामाजिक विकास मन्त्रालयमा सरुवा भएको हो । प्रदेश न-२ सामाजिक विकास मन्त्रालयले हाल अस्पतालको प्रमुख र जिल्ला जनस्वास्थ्य गरि दुवै कार्यालयका प्रमुखको रुपमा डा. नवलकिशोर झालाई खटाएको छ । सामाजिक विकास मन्त्रालयबाट खटिएका डा. झालाई अस्पतालको निमित्त मेडिकल सुपरिटेण्डेण्ट एवं जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखको जिम्मेवारी दिईएको छ ।

   डा. झा बुधबार नै सर्लाही आएर जिल्ला अस्पताल तथा जिल्ला जनस्वास्थ्य कार्यालयको अवस्था बुझेका छन् भने प्रमुख जिल्ला अधिकारी हेमराज तामाङ लगायत सरोकारवालाहरुसँग भेटघाट समेत गरेका छन् ।उहाँले आईतबारबाट आफ्नो कार्यभार सम्हाल्ने जनाइएको छ । सर्लाही जिल्लाकै बलरा नगरपालिका घर भएका डा. झाले यसअघि पनि जिल्ला अस्पताल मलंगवा, प्राथमिक स्वास्थ्य केन्द्र बरहथवा र हरिपुर लगायतमा काम गरिसकेका छन् ।

   डा.सिहले विगत पौने दुई वर्षदेखि सर्लाही अस्पतालको प्रमुखको रुपमा कार्यभार सम्हाल्दै आउनु भएको थियो भने नायक भर्खरै  कात्तिक मसान्तदेखि जिल्ला जनस्वास्थ्य कार्यालयको प्रमुखको रुपमा कार्यभार सम्हाल्नु भएको थियो ।

    नायकले हाल सर्लाहीमा कोभिशिल्डको दोस्रो डोज खोप चलिरहेको र उक्त खोप कार्यक्रम सम्पन्न भएपछि आफू जनकपुर जाने  बताएका छन् ।



No comments:

Post a Comment